IME Life New

हप्तामा ४ दिन काम गर्न जापान सरकारको जोड, कर्मचारी भने बिदा नै लिँदैनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानी समाजमा कार्य संस्कृतिलाई महत्व दिइन्छ। ओभरटाइम काम गर्ने र लामो समय अफिसमा बस्ने कर्मचारीलाई सम्मानको नजरले हेरिन्छ। यो सामाजिक रुपमा राम्रो हुन सक्छ तर शारीरिक रुपमा हानिकारक हुन्छ।

लामो समय काम गर्दा कारोशीको समस्या निम्त्याउँछ। जसको जापानी भाषामा अर्थ अत्याधिक कामबाट मृत्यु हुन्छ।
जापानको एक सरकारी श्वेतपत्रले देशमा हरेक वर्ष कम्तीमा ५४ जनाको अत्यधिक कामका कारण मृत्यु हुने गरेको देखाएको छ। घट्दो जन्मदरबाट समस्यामा परेको जापानका लागि यी तथ्यांक चिन्ताजनक छन्। त्यसैले जापानी सरकारले ठूलो परिवर्तनका लागि जोड दिइरहेको छ। जसमा कम्पनीहरु र कर्मचारीहरुलाई ४ दिनको कार्य हप्ताको मोडेल अपनाउन भनिएको छ।

Esewa
Crest

यो मोडेल पहिलोपटक सन् २०२१ मा जापानी सांसदहरुले समर्थन गरेका थिए। तर हाल केवल ८ प्रतिशत कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई हप्तामा कम्तीमा तीन दिन बिदा लिन अनुमति दिन्छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकले देशका ७ प्रतिशत कम्पनीले हप्तामा एक दिनमात्रै बिदा दिने गरेको देखाउँछ।

जापान सरकारले ‘कार्यशैली सुधार’ अभियान सुरु गरेको छ। यसअन्तर्गत कर्मचारीलाई छोटो समयका साथै ओभरटाइमको सीमा र तलब बिदाजस्ता सुविधाहरुको प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको छ। मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ, ‘हाम्रो लक्ष्य विकास र डेलिभरीको सद्गुण चक्र सिर्जना गर्नु र प्रत्येक कामदारलाई भविष्यका लागि राम्रो दृष्टिकोण राख्न सक्षम बनाउनु हो।’

जापानमा छुट्टी मनाउन नराम्रो मानिन्छ। सामान्यतया कर्मचारीहरुले गर्मी बिदा वा नयाँ वर्षको वरिपरि बिदा लिन्छन्। यस अवधिमा उनीहरुका सहकर्मीहरुले पनि बिदा लिन्छन्। यस्तो अवस्थामा उनी लापरवाह भएको आरोप लाग्दैन। ८५ प्रतिशत कर्मचारीले साप्ताहिक रुपमा दुईवटा बिदा पाएको बताउँछन् तर ओभरटाइम समयको सन्दर्भमा चुनौतीहरु बाँकी नै छन्।

अत्यधिक काम गर्ने संस्कृतिले ठूलो समस्या निम्त्याइरहेको जापानी सरकारले महसुस गरेको छ। यो जापानको जन्मदरमा आएको गिरावट हो, जुन अर्थतन्त्रका लागि विनाशकारी साबित हुन सक्छ।

सरकारी तथ्यांकले सन् २०६५ मा काम गर्ने उमेरको जनसंख्या ४० प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। हाल यो ७.४ करोड छ। यस्तो अवस्थामा सरकारले स्वस्थ काम–जीवन सन्तुलन प्रवर्द्धन गरी जन्मदर वृद्धि र काम गर्ने उमेरको जनसंख्याको चिन्तालाई सम्बोधन गर्न सक्षम हुने अपेक्षा गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS