IME Life New

बीमालेखको पूर्ण अख्तियारी प्रत्यायोजन किन र कसरी गरिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमामा पूर्ण अख्तियारी प्रत्यायोजन भन्नाले बीमालेख अन्तर्गतको सबै अधिकार, दायीत्व र लाभहरू बीमितबाट कुनै तेश्रो पक्षलाई हस्तान्तरण गर्नु हो । पूर्ण अख्तियारी प्रत्यायोजन पछि अख्तियारी प्राप्त गर्ने व्यक्ति वा संस्था बीमालेखको वास्तविक हकदार वा मालिक हुन जान्छ।

अख्तियारी प्राप्त गरेको पक्षले बीमालेखको सेवा र शर्त अनुसार आवधिक वा आंशिक लाभ, मृत्यु लाभ, परिपक्वता लाभलगायत सबै सुविधाको दाबी गर्न सक्छ।

Esewa
Crest

पूर्ण अख्तियारी किन आवश्यक हुन्छः

बीमितले स्वेच्छा वा बाध्यताका कारण पूर्ण अख्तियारी प्रत्यायोजनको विकल्प रोज्नुपर्ने बाध्यता हुन सक्छ। सामान्यतया ऋण वा वित्तीय दायीत्वहरू बहन गर्ने क्रममा ऋण दातालाई ऋणको सुरक्षाको प्रत्याभूतिका लागि अख्तियारी प्रत्यायोजन गर्नुपर्ने बाध्यता हुन्छ।

बीमालेखलाई कर्जाको धितोका रूपमा प्रयोग गर्नः 

बैंक वा लघु वित्त वित्तीय संस्था वा सहकारी संस्थाले धितोको सुरक्षणका रूपमा ऋणीलाई अनिवार्य बीमा गर्न र अख्तियारी सुम्पन्न बाध्यकारी पारेको हुनसक्छ। बीमालेखको अख्तियारी सुम्पिदा कर्जा अवधिभित्र कर्जा चुक्ता नहुँदै ऋणीको निधन भएको अवस्थामा बैंकले धितो लिलाम गर्नुपर्दैन, बीमा कम्पनीबाट कर्जावापतको रकम असुल उपर गर्छ। यसो हुँदा ऋणीको आश्रित परिवारले ठूलो राहत प्राप्त गर्छन्, धितोको रूपमा राखिएको जायजेथा सुरक्षित रहन्छ, बीमालेखबाटै कर्जाको साँवा र ब्याज चुक्ता हुन्छ।

परिवारको कुनै सदस्यलाई लाभ हस्तान्तरण गर्नः

बीमितले बीमालेख खरिद गरि सकेपछि बीमालेखबाट भविष्यमा प्राप्त हुने सम्पूर्ण वा आंशिक लाभ परिवारको कुनै सदस्यलाई हस्तान्तरण गरिदिनसक्छ।

कुनै नाफा रहित संस्थालाई दान दिनः

बीमितले बीमालेख सकृय रहेको अवस्थामा बीमालेखबाट बीमितले भविष्यमा प्राप्त गर्ने सम्पूर्ण लाभ कुनै गुठी, कोष वा गैर नाफामूलक संस्थालाई पूर्ण अख्तियारी प्रत्यायोजनमार्फत हस्तान्तरण गरिदिनसक्छ।

बीमालेखलाई निरन्तरता दिन (बीमाशुल्क किस्ता नियमित भुक्तानी गर्न असक्षम भएको अवस्थामा)ः

बीमालेख खरिद गरिसकेपछि कुनै अवस्थामा बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था सिर्जना हुनसक्छ। बीमितको आम्दानीको श्रोत सुकेको कारण बीमितको आर्थिक हैसियतमा भएको अनपेक्षित परिवर्तनले यस्तो अवस्था सिर्जना गरि दिएको हुनसक्छ।

बीमालेखको अख्तियारी कहिले सुम्पन सकिन्छ ?

बीमालेख जारी भएपछि पूर्ण अख्तियारी जुनसुकै समयमा हस्तान्तरण गर्न सकिन्छ । यसको लागि बीमालेख धारक अर्थात बीमित र अख्तियारी प्रापक दुबैको लिखित सहमति आवश्यक हुन्छ।

बीमालेखको अख्तियारी कसरी हस्तान्तरण गर्ने ?

पूर्ण अख्तियारी हस्तान्तरण गर्न, बीमकले बीमा कम्पनीलाई लिखितरूपमा निवेदन दिनुपर्छ। यसका लागि बीमकले निवेदनको फारम वा निश्चित ढाँचा उपलब्ध गराउन सक्छ। निवेदनमा बीमितले वा बीमालेख धारकले बीमालेख नम्बर, प्रस्तावित नियुक्तिको विस्तृत विवरण समावेश गर्नुपर्छ। नियुक्तिकर्ता र नियुक्त दुबैले यो निवेदनमा हस्ताक्षर गर्नुपर्छर बीमकले पनि बीमकको उपस्थितिमा नै दुबै पक्षबीच हस्ताक्षर भएको पुष्टी गर्नुपर्छ। एक पटक अख्तियारीनामा जारी गरिसकेपछि अख्तियारी प्राप्ती गर्ने पक्ष बीमालेखको नयाँ मालिकको हैसियत प्राप्त गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS