IME Life New

अभिकर्तालाई एकाघर परिवारको बीमा गर्न लगाइएको प्रतिबन्ध हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशन २०८० को पहिलो संशोधन गर्दै अभिकर्ताले आफ्ना एकाघर परिवारका सदस्यको बीमा गर्न रोक लगाएको प्रावधान खारेज गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले संस्थागत सुशासन निर्देशनमा पहिलो संशोधन गर्दै उक्त प्रावधान खारेज गरेको हो। पेशागत बीमा अभिकर्ता संघका प्रतिनिधिले एकाघर परिवारका सदस्यको बीमामा रोक लगाउने प्रावधानले जीवन बीमाको विस्तारमा अवरोध खडा गर्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । साथै जीवन बीमक संघ नेपालले पनि यो प्रावधानबारे पुनःविचार गर्न प्राधिकरण नेतृत्वसमक्ष अनुरोध गरेको थियो । सोही कारणले प्राधिकरण उक्त प्रावधान खारेज गरेको हो।

Esewa
Crest

प्राधिकरणले २०८० फागुन २४ गते जारी गरेको संस्थागत सुशासन निर्देशनको परिच्छेद ७ अन्तर्गत दफा ३६ को उपदफा ३ मा बीमा अभिकर्ताले आफू अभिकर्ता भई एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने प्रावधान उल्लेख गरेको थियो । सरोकारवालासँगको सल्लाह बिना नै प्राधिकरणले यस्तो प्रावधान ल्याएकाले यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव अधिक पर्ने भन्दै पेशागत अभिकर्ता संघले विरोध जनाएको थियो।

सरोकारवालाबाट प्रावधान खारेजीका लागि सुझाव प्राप्त भएपछि निर्देशनमा संशोधन गर्दै उक्त प्रावधान खारेज गरिएको प्राधिकरण स्रोतले बतायो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS