IME Life New

यात्रु रिझाउन हवाई टिकटमा डिस्काउण्टदेखि हिराको गहनासम्म उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वायू सेवा कम्पनीहरूले हवाई यात्रु आकर्षणका लागि टिकट रकममा छुट देखि लिएर हिराको गहना सम्म उपहार दिन थालेका छन् । प्रत्येक टिकटको खरिदमा एक सय देखि २ सय रूपैयाँसम्म छुट दिंदै आएका निजी क्षेत्रका वायू सेवा कम्पनीले भाग्यशाली विजेतालाई पुरै टिकट निःशुल्क गर्ने मात्र नभएर होटलमा आवासीय सुविधा समेत प्रदान गरेका छन् ।

श्री एयरलाइन्सले तीजको अवसर पारेर साताव्यापी उपहार योजना घोषणा गरेको छ। भदाै १५ देखि २० गतेसम्म हवाई यात्रा गर्नेमध्ये प्रत्येक दिन एकजना भाग्यशाली विजेतालाई एक थान हिराको गहना उपलब्ध गराउने घोषणा गरेको हो । एयरलाइन्सका अनुसार यो योजना अवधिभित्र यात्रा गर्ने सबै यात्रुले बोर्डिङ पास देखाएको अवस्थामा श्री बालाजी डायमण्ड शोरूम काठमाडाैंबाट गहना खरिदमा ३० प्रतिशत छुट समेत दिइने छ।

Esewa
Crest

यती एयरलाइन्सले प्रत्येक दिन माउण्टेन फ्लाइटमा यात्रा गर्ने यात्रु मध्ये एकजना भाग्यशाली विजेतालाई यात्रुले भुक्तानी गर्न चाहेको रकममै टिकट उपलब्ध गराई रहेको छ। उदाहरणका लागि माउण्टेन फ्लाइटको टिकट शुल्क १० हजार रूपैयाँ भएपनि यात्रुले ५ हजार रूपैयाँ मात्र भुक्तानी गर्न चाहान्छु भन्दै टिकटको शुल्क रोज्यो र भाग्यशाली विजेतामा पर्न सफल भयो भने टिकटवापतको बाँकी रकम फिर्ता पाउनेछ । एयरलाइन्सका अनुसार सर्वाधिक रकम भुक्तानी गर्न चाहने एकजनालाई प्रत्येक दिन विजेताको रूपमा चयन गरिएको छ। यसबाहेक शिशु हवाई यात्रुको हकमा २४ महिनाभन्दा मुनिको बालबालिकाको पहिलो पटकको उडानमा निःशुल्क उडान सेवा उपलब्ध गराई रहेको छ।

यतीका अनुसार प्रिभिलेज कार्डधारीलाई जुनसुकै वर्गको हवाई टिकटको खरिदमा लोयल्टी प्वाइण्ट समेत उपलब्ध गराईएको छ। उडानको क्रममा यात्रुको सेवाका लागि यसले जुस र बदाम समेत पस्किन थालेको छ।

यसबाहेक हवाई जहाजमार्फत् घरेलु आकाशमा उडान भरिरहेका तीनवटै कम्पनी श्री एयरलाइन्स, यति एयरलाइन्स र बुद्ध एयरले हवाई टिकटको खरिदमा नियमितरूपमा छुट समेत उपलब्ध गराई रहेका छन् । यी एयरलाइन्सको आधिकारिक वेबसाइटमार्फत टिकट बुकिङ गर्ने यात्रुलाई न्यूनत्तम दुई सय रूपैयाँदेखि ३ सय पचास रूपैयाँसम्म छुट समेत उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS