IME Life New

यी हुन् विश्वका शीर्ष १० परिवारमैत्री एयरलाइन्स, छैनन् अमेरिकी र चिनियाँ कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दैनिक उडानलाई हेर्दा विश्वका शीर्ष १० एयरलाइन्समध्ये चार अमेरिकी छन्। यो सूचीमा चीनका तीन र भारतका एक एयरलाइन्स छन्। यो सूचीमा भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले स्थान पाएको छ। तर, विश्वका शीर्ष १० फेमली फ्रेन्डली (परिवारमैत्री) एयरलाइन्समा अमेरिका र चीनका एउटा पनि एयरलाइन्स छैन।

परिवारमैत्री एयरलाइन्सको सूचीमा बेलायतका दुई एयरलाइन्सले स्थान पाएका छन् भने यूएई, क्यानडा, सिंगापुर, कतार, हङकङ, जापान, न्युजिल्यान्ड र जर्मनीका एक–एक एयरलाइन्स परेका छन्।

Esewa
Crest

स्काईट्रयाक्सको तथ्यांकअनुसार विश्वको सबैभन्दा परिवारमैत्री एयरलाइन्सको सूचीमा ब्रिटिस एयरवेज पहिलो नम्बरमा छ। त्यसपछि इमिरेट्स, एयर क्यानडा, सिंगापुर एयरलाइन्स र कतार एयरवेजले स्थान पाएका छन्।

हङकङको एयरलाइन क्याथे प्यासिफिक यो सूचीमा छैटौँ नम्बरमा छ। अर्को ब्रिटिस एयरलाइन भर्जिन एट्लान्टिक सातौँ नम्बरमा छ। बेलायत दुईवटा एयरलाइन्स संलग्न भएको एकमात्र देश हो।

यो सूचीमा आठौँ नम्बरमा जापानको एएनए अल निप्पन एयरवेज छ भने नवौँ नम्बरमा एयर न्युजिल्याण्ड रहेको छ। जर्मन एयरलाइन लुफ्थान्सा यो सूचीमा दसौँ स्थानमा छ।

सबैभन्दा बढी उडान सञ्चालन गर्ने सन्दर्भमा शीर्ष ४ एयरलाइन्स अमेरिकाका छन्। अमेरिकन एयरलाइन्सले दैनिक ५ हजार ४८३ उडान गर्दछ। दोस्रो नम्बरमा डेल्टा एयरलाइन्स रहेको छ। यो कम्पनीले दैनिक ४ हजार ६२९ उडान गर्दछ।

अमेरिकाको युनाइटेड एयरलाइन्स (४ हजार २१३ उडान) तेस्रो र साउथवेस्ट एयरलाइन्स (४ हजार ८० सडान) चौथो स्थानमा छ।

यसैगरी आयरल्यान्डको रायन एयरले दैनिक ३ हजार ९८ उडान गर्दछ र चीनको चाइना इस्टर्न एयरलाइन्सले दैनिक २ हजार १४४ उडान गर्दछ। चीनको चाइना सदर्न एयरलाइन्सले दैनिक २ हजार ५२ उडान गर्दछ।

भारतको इन्डिगो यो सूचीमा आठौँ नम्बरमा छ। यो एयरलाइन्सले दैनिक १ हजार ८५० भन्दा बढी उडान सञ्चालन गर्दछ। टर्की एयरलाइन्सले दैनिक १ हजार ८१९ उडान र बेइजिङ एयरलाइन्सले दैनिक १ हजार ५८६ उडान गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS