IME Life New

आइएमई लाइफलाई स्थापित गराएर बाहिरिएका फुयाँल सन नेपालको नेतृत्व सम्हाल्ने तयारीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सबाट अप्रत्याशितरूपमा बाहिरिएका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल चाँडै नै अर्को जीवन बीमा कम्पनीमा आबद्ध हुने भएका छन् । आइएमई लाइफमा गत भदाै ७ गतेदेखि दोश्रो कार्यकाल शुरू हुनु एक दिन अघि मात्र राजीनामा दिएर बाहिरिएका फुयाँलले सन नेपाल लाइफ इन्स्योरेन्समा नेतृत्व सम्हाल्ने भएका छन् ।

फुयाँल सन नेपाल लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गर्ने तयारी रहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ। यद्दपी फुयाँल र सन नेपाल दुबैले यसबारेमा कुनै औपचारिक घोषणा गरेका छैनन् ।

Esewa
Crest

बीमकको संस्थागत सुशासन निर्देशिका २०८० मा एउटा बीमकबाट बाहिरिएको ६ महिना सम्म प्रमुख कार्यकारी अधिकृतका लागि कुलिङ पिरियड (आराम अवधि) तोकिएको छ। आराम अवधि बाँकी छँदै थुप्रै प्रमुख कार्यकारी अधिकृतहरू अर्को बीमकमा जिम्मेवारी सम्हालेका छन् । प्राधिकरणले संस्थागत सुशासन निर्देशिकामा बीमकको प्रमुख कार्यकारी अधिकृतका लागि ६ महिने कुलिङ पिरियड लागू गरेपनि आफ्नै उच्च अधिकारीहरूको हकमा भने कुलिङ पिरियडको प्रावधान गायब पारिदिएको छ।

हिमालयन रिइन्स्योरेन्समा उपासना पाैडेल, नेपाल लाइफमा प्रविण रमन पराजुली, नेपाल इन्स्योरेन्समा बिके महर्जनलगायतका प्रमुख कार्यकारी अधिकृतहरू आराम अवधि पुरा नहुँदै नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरेका थिए । पाैडेलले युनाइटेड इन्स्योरेन्स, पराजुलीले रिलायन्स लाइफ, महर्जनले प्रुडेन्सियल इन्स्योरेन्समा राजीनामा लगत्तै अहिलेको बीमा कम्पनीमा नायब प्रमुख कार्यकारी पदमा नियुक्ति लिएका थिए ।

फुयाँल,आइएमई लाइफले व्यवसायीक कारोबार शुरू गरेको ७ वर्षको अवधिमा पुरा ४ वर्षको कार्यकाल पुरा गर्ने मात्र नभएर दोश्रो कार्यकालका लागि समेत सम्झाैता नविकरण गराउन सफल एक मात्र प्रमुख कार्यकारी अधिकृत हुन् । उनी अघि राकेश पोखरेल र श्रीचन्द्र भट्ट, दुबैले प्रमुख कार्यकारी अधिकृत पदमा पुरा कार्यकाल काम गर्न सकेका थिएनन् । भट्टको राजीनामा पछि फुयाँलले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको बजार प्रमुख पदबाट राजीनामा दिएर २०७७ भदाै ४ गते आईएमई लाईफको नेतृत्व सम्हालेका थिए ।

२०७७ भदाै ४ गते उनले नेतृत्व सम्हाल्दा आर्थिक वर्ष २०७६।७७ मा आइएमई लाइफले जम्मा ८७ करोड १९ लाख ७२ हजार रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो। नेतृत्व सम्हालेको पहिलो वर्ष नै उनले प्रथम बीमाशुल्क आर्जन डेढ अर्ब रूपैयाँभन्दा माथि पुर्‍याए । उनले राजीनामा गरेर बाहिरिंदै गर्दा आव २०८०।८१ मा आइएमई लाइफको प्रथम बीमाशुल्क आम्दानी १ अर्ब ६० करोड १९ लाख रूपैयाँ थियो । आव २०७६।७७ मा कुल २ अर्ब ७९ करोड ६६ लाख रूपैयाँ रहेको कुल बीमाशुल्क आम्दानी गत आवमा ४ अर्ब ७४ करोड ११ लाख रूपैयाँ पुगेको छ।

आव २०८०।८१ को चाैथो त्रैमासमा आइएमई लाइफको वित्तीय अवस्था। श्रोतः अपरिष्कृत वित्तीय विवरण

फुयाँलले नेतृत्व सम्हालेपछि आइएमई लाइफलाई शीर्ष जीवन बीमकको सूचीमा पुर्‍याउन सफल भए। उनले कुल व्यापारको आकार वृद्धिमा वैदेशिक रोजगार म्यादी बीमालाई मात्र प्राथमिकतामा राखेनन् सावधिक प्रकृतिका परम्परागत बीमालेखको बिक्रीलाई पनि सन्तुलितरूपमा अघि बढाए। वैदेशिक रोजगारी बीमालेखको बिक्रीमा त उनले प्रतिस्पर्धी कम्पनीको भन्दा पनि थोरै खर्चमा कम्पनीलाई तेश्रो नम्बरमा कायम राख्न सफल भए ।

सन नेपाल लाइफका लगानीकर्ताले फुयाँलको नेतृत्वमा कम्पनीलाई  वैदेशिक रोजगारी म्यादी बीमामा लिडर कम्पनीका रूपमा कायम राख्दै अन्य पोर्टफोलियोमा पनि अघि बढाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

15%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS