GBIME
IME Life

एनसेलले रू १९ अर्ब नविकरण दस्तुर तिर्न बाँकी, ९ दिनभित्र नबुझाए इजाजत पत्र रद्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्र प्रवर्द्धित दूर सञ्चार सेवा प्रदायक एनसेल लिमिटेडले सरकारलाई रोयल्टी(सलामी) दस्तुर वापत १९ अर्ब रूपैयाँ नबुझाए अबको नाै दिनपछि यसको लाइसेन्स रद्द हुनेछ।

दुरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले रोय अबको ९ दिनभित्र नवीकरण दस्तुरवापतको रकम भुक्तानी नगरे स्वतः टेलिकम लाइसेन्स रद्द हुने जानकारी गराई सकेको छ। एनसेलले लाइसेन्स लिने समयमा नै नविकरण दस्तुर भुक्तानी गर्नुपर्ने विषय प्रष्ट पारिएको भएपनि एनसेलले विभिन्न बहानामा सरकारलाई नविकरण दस्तुर भुक्तानी गर्न अालटाल गर्दै अाएको छ।

SKYWELL
Crest

एनसेलले किस्ताबन्दीमा नविकरण दस्तुर तिर्ने सुविधा पाए मात्र नविकरण दस्तुर भुक्तानी गर्न सक्ने भन्दै प्राधिकरणलाई जानकारी दिएको थियो । प्राधिकरणको सञ्चालक समितिले किस्ताबन्दीमा नविकरण भुक्तानीको सुविधा दिन नसकिने भन्दै एनसेललाई जानकारी गराई सकेको छ।

दूरसञ्चार नियमावलीको नियम १२ को उपनियम ३ को प्रावधान अनुसार एनसेलले इजाजत पत्र नविकरणका लागि सरकारलाई दस्तुर तिर्नुपर्छ । यो नियमावलीमा इजाजत पत्र नविकरण गराउन चाहने सेवा प्रदायकले इजाजत पत्रको म्याद सकिनु तीन महिना पूर्व नै नविकरण दस्तुर सहित अनुमति पत्र नवीकरणका लागि निवेदन दिई सक्नुपर्छ। तीन महिना अगावै निवेदन नदिएको अवस्थामा इजाजत पत्रको बहाल अवधिभित्र नविकरण दस्तुरको १५ प्रतिशत जरिवाना सहित नविकरणको निवेदन दिनुपर्छ।

एनसेलले इजाजत पत्रको अवधि पुरा हुनु अगावै गत जेठ १४ गते प्राधिकरणमा ४ अर्ब रूपैयाँ दस्तुर सहित नविकरणका लागि निवेदन दिएको थियो । प्राधिकरणले नविकरण दस्तुरवापतको सम्पूर्ण रकम प्राप्त नभएसम्म इजाजत पत्र नविकरण गर्न नसकिने भन्दै एनसेललाई तत्कालै जानकारी गराई सकेको छ। एनसेलले तीन महिना अगावै निवेदन निदएकाले १५ प्रतिशत जरिवानावापतको ३ अर्ब सहित कुल १९ अर्ब रूपैयाँ भुक्तानी गर्नुपर्छ।

एनसेलको पक्षमा मन्त्री परिषदबाट विशेष निर्णय नभएको अवस्थामा दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम स्वतः इजाजत पत्र रद्द हुनेछ । एनसेलको दूरसञ्चार सेवा इजाजत पत्रको म्याद भदाै १५ गतेसम्म मात्र छ। एनसेलको इजाजत पत्र नविकरण भएको अवस्थामा थप ५ वर्षका लागि हुनेछ।

२०७६ सालमा सरकारी स्वामित्वको नेपाल टेलिकमको तेस्रो पटकको इजाजत पत्र नविकरणका लागि मन्त्री परिषदले जम्मा १८ करोड ९० लाख रुपैयाँ दस्तुर भुक्तानी लिएर इजाजत पत्र नविकरण गरेको थियो । एनसेलले पनि सरकारी स्वामित्वको टेलिकम सरहको सुविधा माग गरेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS