IME Life New

बाढी पहिरोका कारण तीन महिनाको अवधिमा १९५ जनाको ज्यान गयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षा शुरू भएयता पछिल्लो तीन महिनाको अवधिमा बाढी र पहिरोमा परेर १९५ जनाले ज्यान गुमाएका छन् । यीमध्ये सर्वाधिक ५६ जना गण्डकी प्रदेशका रहेका छन्।

नेपाल प्रहरीका अनुसार गत जुन १० देखिको बाढी पहिरोका कारण देशभर भएको मानवीय क्षतिको विवरण अनुसार काठमाडौं उपत्यकाभित्रै तीन जनाको मृत्यु भएको छ। यसैगरी प्रदेशगतरूपमा कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ३७ र कर्णाली प्रदेशमा १३ जनाको मृत्यु भएको छ । यसबाहेक सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ।

Esewa
Crest

पहिरोमा परेर घाइते हुनेमा कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक जना घाइते भएका छन् । यस अवधिमा ५ हजार ८८३ घरधुरी विस्थापित भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताए ।

बाढीबाट ४ सय ८ घर डुबानमा परेको नेपाल प्रहरीले बुलेटिनमार्फत जानकारी दिएको छ । प्राकृतिक प्रकोपबाट ३ सय ४२ घर, १२१ गोठ, ५१ पुल, ६ विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यसैगरी बाढी र पहिरोमा परी मृत्यु हुने गाईवस्तुको संख्या ९०९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS