IME Life New

आरटीएसमार्फत कृषि बीमा सुचारु गर्ने तयारी, रोस्टरमा सहभागी हुन प्राविधिकलाई आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा रियल टाइम सफ्टवेयर (आरटीएस)मार्फत गर्ने कार्य सुचारु गरिने तयारी भइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल बीमा प्राधिकरणको समन्वयनमा निर्माण भएको आरटीएसमार्फत कृषि तथा पशुपन्छी बीमा गर्ने तयारी गरिएको हो।

बीमा प्राधिकरणले एक सूचना जारी गर्दै त्यसका लागि कृषि, पशुपन्छी तथा मत्स्य बीमा प्राविधिकको रोस्टर तयार लागिएको जनाएको छ। त्यसैले बीमा प्राविधिक भई कार्य गर्न इच्छुक योग्यता पुगेका व्यक्तिले प्राधिकरणको यूआरएलः https://alis.nia.gov.np मा गई आफ्नो अकाउन्ट बनाई रोस्टरमा सहभागी हुन प्राधिकरणले आह्वान गरेको छ।

Esewa
Crest

रोस्टरमा सहभागी भएका प्राविधिकहरुले मात्रै कृषि, पशुपन्छी तथा मत्स्य बीमा प्राविधिक भएर कार्य गर्न पाउने प्राधिकरणले स्पष्ट पारेको छ।

रोस्टरमा सहभागी हुन पाउने प्राविधिकको योग्यता

  • एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरी कृषि वा पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको तालिम प्राप्त गरेको, वा
  • कृषि तथा पशु वा वनस्पति विज्ञान विषय लिई टीएसएलसी उत्तीर्ण गरेको, वा
  • प्राविधिक विषय जस्तै कृषि वा पशु वा वनस्पति विज्ञान विषय लिई एसएलसी वा सो सहरको परीक्षण उत्तीर्ण गरेको, वा
  • कृषि तथा पशु वा वनस्तपति विज्ञानमा सोभन्दा माथिल्लो योग्यता प्राप्त व्यक्ति सम्झनुपर्छ।

यस विषयमा थप जानकारी आवश्यक भएमा प्राधिकरणको कृषि शाखामा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS