IME Life

आइपीओको तयारीमा रहेको श्री डिष्टिलरीको कारोबार १२१% बढ्यो, पायो यस्तो रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले डबल बी माइनस (इस्युअर ) रेटिङ पाएको छ। घरेलु रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालबाट श्री डिष्टिलरीले प्रस्तावित आइपिओ निष्काशनका लागि यो स्तरको रेटिङ पाएको हो।

इन्फोमेरिक्सका अनुसार यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित समयावधिभित्रै वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा मध्यमस्तरको जोखिम रहेको हुन्छ। नेपालको मदिरा बजारमा तीन दशक भन्दा लामो इतिहास बोकेको यो डिष्टीलरी अनुभवी प्रवर्द्धक र व्यवस्थापनको नेतृत्वमा रहेको छ। इन्फोमेरिक्सले रेटिङ सम्बन्धमा जारी गरेको विज्ञप्तीमा प्रवर्द्धकहरूबाट पर्याप्त शेयर पूँजी लगानी गरिएकाले ऋण मुक्त भएको अवस्थाले रेटिङका लागि बल पुगेको उल्लेख गरेको छ।

Prabhu
Crest

स्पिरिट उत्पादनको इजाजत र उत्पादन क्षमता उपयोगमा सुधारले पनि रेटिङमा सकारात्मक प्रभाव पारेको छ। सरकारले विदेशी मदिराको आयातमा उच्च भन्सार दर कायम गरेर स्वदेशी मदिरा उद्योगलाई संरक्षण प्रदान गरेको छ ।

यो उद्योगको स्वामित्व सन् २०२१ मा नयाँ व्यवस्थापनले हातमा लिएसँगै उत्पादन र कारोबार रकम क्रमशः उकालो लाग्दै गएपनि पूर्ण क्षमतामा सञ्चालन हुन बाँकी रहेकाले सीमित सञ्चालन नोक्सानीमा छ। आर्थिक वर्ष २०८१।८२ मा युपि२ सेगमेण्टमा नयाँ उत्पादनहरूको बजारीकरणले यसको वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउने इन्फोमेरिक्सले उल्लेख गरेको छ।

बजार प्रतिस्पर्धासँगै सरकारले मदिराजन्य उत्पादमा क्रमशः अन्तशुल्क र अन्य करको भार थप्दै गएकाले अन्य मदिरा उद्योगजस्तै श्री डिष्टीलरीका लागि पनि चुनाैतीका रूपमा रहनेछ। रेटिङ एजेन्सी इन्फोमेरिक्सले लोकप्रिय उत्पाद माउण्ट एभरेष्टको बजार माग, नयाँ उत्पादनप्रति ग्राहकको आकर्षण, चालूपूँजी चक्रको व्यवस्थापन र प्रस्तावित आइपिओको सफलता यो रेटिङको निरन्तरताका लागि संवेदनशील पक्षका रूपमा रहने उल्लेख गरेको छ।

कर्जा र ब्याजको भारबाट मुक्त

प्रवर्द्धकहरूले नै सम्पूर्ण पूँजी लगानी गरेको र कर्जा मुक्त अवस्थामा रहेकाले ब्याज भार र कर्जाको साँवा चुक्ता गर्नुपर्ने दायीत्व नहुँदा उद्योगको वित्तीय अवस्था सुरक्षित रहेको छ। यस्तो उद्योगको सञ्चालन लागत तुलनात्मकरूपमा कम हुने भएकाले लगानीकर्तालाई प्रतिफल दिने संभावना अधिक हुन्छ।

निरन्तर उक्लिंदै क्षमता उपयोगिता

उद्योगले हाल ४८ लाख ६० हजार लिटर मदिरा उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०७९।८० मा १८ लाख लिटर र २०८०।८१ मा ३५ लाख लिटर मदिरा उत्पादन गरेको थियो । यो तीन वर्षको अवधिमा उत्पादन क्षमता उपयोगिता ३७ बाट ७२ प्रतिशतमा उक्लिनुलाई इन्फोमेरिक्सले उल्लेखनीय उपलब्धीका रूपमा समावेश गरेको छ। बिस्तारित क्षमता उपयोगिताले उद्योगको आम्दानीमा वृद्धिका लागि सकारात्मक योगदान दिने रेटिङ एजेन्सीको टिप्पणी छ।

हाल ७० युपिको सस्तो मदिरा उत्पादन गरिरहेको यो उद्योगले लोकप्रिय माउण्ट एभरेष्ट ब्राण्ड सहित ४० देखि २५ युपिसम्मको मदिरा उत्पादन गर्ने योजना बनाएको छ।

उक्लिंदो सञ्चालन आम्दानी

डिष्टीलरीले गत आर्थिक वर्ष २०८०।८१ मा कारोबार आम्दानीमा १२१ प्रतिशतको उल्लेख्य वृद्धि गर्न सफल भएको थियो । यसको कुल सञ्चालन आय अघिल्लो आवको ८ करोड २० लाख रूपैयाँबाट गत आवमा १८ करोड १० लाख रूपैयाँ पुगेको थियो ।

इजाजत प्राप्त ८४ मदिरा उद्योगहरूमध्ये स्पिरिट उत्पादनको इजाजत प्राप्त सीमित ८ उद्योगमध्ये एक हो, श्री डिष्टीलरी। यसले वार्षिक ८ हजार किलोलिटर अर्थात ८० लाख लिटर स्पिरिट उत्पादनको इजाजत प्राप्त गरेको छ। ६ अप्रिल १९८६ मा स्थापित नवलपुरको अरूणखोलामा अवस्थित यो डिष्टीलरी ११ जुलाई २०२२ बाट लिमिटेड कम्पनी अर्थात् सीमित दायीत्व भएको कम्पनीमा रूपान्तरण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS