IME Life New

थप २०० बढी रेस्टुराँ खोल्दै म्याकडोनाल्ड्स, २४ हजारले जागिर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रसिद्ध म्याकडोनाल्ड्सले थप २०० वटा रेस्टुराँ खोल्ने घोषणा गरेको छ।

म्याकडोनाल्ड्सले यूके र आयरल्यान्डमा नयाँ थप २०० वटा रेस्टुराँ खोल्ने योजना सार्वजनिक गरेको हो। ती रेस्टुराँ खुल्दा २४ हजार बढी नयाँ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

Esewa
Crest

नयाँ रेस्टुराँमा ग्राहकले नयाँ अनुभव हासिल गर्ने म्याकडोनाल्ड्सले दाबी छ। ती रेस्टुराँमा ससाना स्टोरहरु रहने बताइएको छ।

ती रेस्टुराँ गत वर्ष डिसेम्बरमा म्याकडोनाल्ड्सले सार्वजनिक गरेको योजनाअन्तर्गत खुल्न लागेका हुन्। त्यतिबेला म्याकडोनाल्ड्सले सन् २०२७ को अन्त्यसम्म विश्वभर थप १० हजार रेस्टुराँ विस्तार गर्ने लक्ष्य राखेको छ। यो लक्ष्य पूरा भएपछि विश्वभर यो अमेरिकी कम्पनीको रेस्टुराँ ५० हजार पुग्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS