काठमाडौं । तीव्र उतारचढावबीच शेयर बजार बिहीबार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा १३२ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १०९ कम्पनीको शेयरभाउ घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ४.५२ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा बढी १.५५ प्रतिशतले घटेको छ।
बजारमा आज १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ४७ करोड ४७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ४४ करोड ८० लाख रुपैयाँ
- ज्योति विकास बैंकः ३७ करोड ४४ लाख रुपैयाँ
- अपी पावरः ३३ करोड १० लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३२ करोड ८० लाख रुपैयाँ
- शिवम सिमेन्टः ३१ करोड ९८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३० करोड ४३ लाख रुपैयाँ
- निफ्राः २८ करोड ६४ लाख रुपैयाँ
- अरुण काबेली पावरः २८ करोड ३१ लाख रुपैयाँ