IME Life New

नियम मिचेर बढी पैसा असुल्ने दाउँमा नेसनल फन्ड, नबिकेको हकप्रदमा थप्यो रु. ५० प्रिमियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टले नियमविपरीत शेयर बेचेर बढी पैसा असुल्ने दाउँ गरेको छ। कम्पनीले नबिकेको हकप्रद शेयर अंकित मूल्यमा थप ५० रुपैयाँ प्रिमियम राखेर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा ५४ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको ११ लाख ७२ हजार कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत भदौ १३ गतेबाट बिक्री खुलाउँदैछ।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। जब कि कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा हकप्रद बिक्री गरेको थियो। अहिले नबिकेको हकप्रद शेयरमा नियमविपरीत ५० रुपैयाँँ प्रिमियम थपेर प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ। कम्पनीले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने भनेको छ। यसमा हाल कायम संस्थापक शेयरधनीका साथै योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। यो शेयर खरिदका लागि भदौ २० गतेसम्म बोलपत्र पेस गर्न सकिन्छ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा बुझाउन सकिने भनिएको छ।

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका भीष्मराज चालिसेले सूचीकृत कम्पनी नभएकोले अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरेर नेसनल फन्डको नबिकेको हकप्रद लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउन लागिएको बताए। उनले लिलामी शेयरमा प्रिमियम थप्न मिल्ने दाबी पनि गरे। ‘संस्थापक शेयरधनीहरुले बढी मूल्य तिरेर शेयर किन्न चाहिरहेका छन्, हामीले सर्वसाधारणले पनि किनुन् भनेर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखेर शेयर बिक्रीमा ल्याउन लागेका हौँ।’

नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले अंकित मूल्यमा हकप्रद बिक्री गर्ने अनि बिक्री नभएको शेयरमा प्रिमियम रकम थप्न नमिल्ने बताए। ‘यो ऐन–नियमविपरीत भयो’, उनले भने, ‘कसैले उजुरी दिएमा हामी अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’

नेसनल फन्डका सीईओ सरोज गुरागाइँसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा फोन उठाएनन्, मेसेजको रिप्लाई पनि गरेनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS