IME Life New

धितोपत्र ऐनमै समेटिँदै विशिष्टीकृत लगानी कोष सञ्चालनसम्बन्धी व्यवस्था, के-के छन् प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशिष्टीकृत लगानी कोष सञ्चालनसम्बन्धी व्यवस्था धितोपत्र ऐनमै समेटिने भएको छ।

प्रतिनिधिसभामा दर्ता भएको धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विशिष्टीकृत लगानी कोष सञ्चालनसम्बन्धी व्यवस्था ऐनमै समेट्न प्रस्ताव गरिएको हो। हालको ऐनमा यस्तो कोष सञ्चालनसम्बन्धी व्यवस्था रहेको छैन। हाल नियमावलीमार्फत यस्तो कोषसम्बन्धी कार्यहरु भएकोमा यससम्बन्धी सारवान प्रकृतिका व्यवस्थालाई ऐनमा नै समावेश गर्न आवश्यक रहेको विधेयकमा कारण दर्शाइएको छ।

Esewa
Crest

धितोपत्र बोर्ड कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त नगरी कसैले विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न, गराउन र त्यस्तो कोषको नाम प्रयोग गर्न नहुने व्यवस्था गरिएको छ। यस्तो कोष सञ्चालन गर्न चाहन संगठित संस्थाले त्यस्तो कोषको सञ्चालन तथा व्यवस्थापनका लागि तोकिएबमोजिम धितोपत्र बोर्डबाट कोष व्यवस्थापकको अनुमति लिनुपर्नेछ।

यसैगरी कोष व्यवस्थापक अनुमति लिन चाहने संगठिन संस्थाले तोकिएको बमोजिमको विवरण, कागजात तथा शुल्कसहित धितोपत्र बोर्डमा निवेदन दिनुपर्नेछ।

लगानीकर्ताको हित हुने देखिएमा मात्र त्यस्तो कोष सञ्चालन अनुमति धितोपत्र बोर्डले दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS