IME Life New

एलआईसी भारतले घटायो यो सरकारी कम्पनीमा आफ्नो हिस्सा, बेच्यो २ करोड कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी) ले हिन्दुस्तान कपरको २.०९ प्रतिशत शेयर भारु ४४७ करोडमा खुला बजार कारोबारमार्फत बेचेको छ।

भारतको सबैभन्दा ठूलो सार्वजनिक बीमा कम्पनी एलआईसीले सोमबार शेयर बजारलाई यो जानकारी दिएको हो । एलआईसीले खुला बजार कारोबारमार्फत हिन्दुस्तान कपरको कुल २ करोड १ लाख ६२ हजार ६८२ कित्ता शेयर बिक्री गरेको हो।सार्वजनिक क्षेत्रको कम्पनी हिन्दुस्तान कपरको शेयर औसत प्रतिशेयर भारु २२१.६४ मा बिक्री भएको छ । यसरी सम्झौताको कुल मूल्य भारु ४४६.८ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

यो शेयर बिक्रीपछि हिन्दुस्तान कपरमा अब एलआईसीको हिस्सेदारी ८.१७ प्रतिशतबाट घटेर ६.०९ प्रतिशतमा झरेको छ।

हिन्दुस्तान कपर खानी मन्त्रालयअन्तर्गत पर्छ। यो भारतमा तामाको खानीमा संलग्न एकमात्र कम्पनी हो। यसबाहेक यो भारतमा प्रशोधित तामाको एक मात्र उत्पादक पनि हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS