IME Life New

नेपाल, नेसनल, एलआईसी र हिमालयन लाइफलाई दाँजेर हेर्दा (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले नेपाल लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफलाई विभिन्न सूचकका आधारमा गरेको तुलानात्मक अध्ययनः

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रहेको छ भने नेसनल लाइफको चुक्तापुँजी ५ अर्ब १ करोड रहेको छ। त्यस्तै एलआईसी नेपालको चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ भने हिमालयन लाइफको चुक्तापुँजी ८ अर्ब २ करोड रहेको छ।

Esewa
Crest

रिटेन्ड अर्निङः नेपाल लाइफको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रहेको छ भने नेसनल लाइफको रिटेन्ड अर्निङमा १ अर्ब २२ करोड ८२ लाख रहेको छ। त्यस्तै एलआईसी नेपालको रिटेन्ड अर्निङमा २ अर्ब ५८ करोड १ लाख रहेको छ भने हिमालयन लाइफको रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड १३ लाख रहेको छ।

अन्य इक्विटीः नेपाल लाइफको अन्य इक्विटीमा ७६ करोड १५ लाख रहेको छ भने नेसनल लाइफको अन्य इक्विटीमा ३९ करोड ३० लाख रहेको छ। त्यस्तै एलआईसी नेपालको अन्य इक्विटीमा ३५ करोड ६ लाख रहेको छ भने हिमालयन लाइफको अन्य इक्विटीमा २५ करोड २५ लाख रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ९८ अर्ब ३३ करोड रहेको छ भने नेसनल लाइफको जीवन बीमा कोषमा ७७ अर्ब ९५ करोड रहेको छ। त्यस्तै एलआईसी नेपालको जीवन बीमा कोषमा १ खर्ब २० अर्ब ३८ करोड रहेको छ भने हिमालयन लाइफको जीवन बीमा कोषमा ६४ अर्ब ५४ करोड रहेको छ।

कुल बीमाशुल्क आर्जनः नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० अर्ब ८४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने नेसनल लाइफले १९ अर्ब २२ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एलआईसी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १८ अर्ब १० करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफले १६ अर्ब ६० करोड कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमा बीमाशुल्क आर्जनः नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० अर्ब ११ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने नेसनल लाइफले १८ अर्ब ७९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एलआईसी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १८ अर्ब ६ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफले १६ अर्ब १९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल लाइफले ३ अर्ब १८ करोड १६ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ भने नेसनल लाइफको १ अर्ब ८३ करोड ३० लाख रहेको छ। त्यस्तै एलआईसी नेपालले १ अर्ब ३९ करोड ४१ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ भने हिमालयन लाइफको १ अर्ब ३८ करोड ५४ लाख रहेको छ।

खुद नाफाः चौथो त्रैमाससम्म नेपाल लाइफले ५१ करोड ३९ लाख खुद मुनाफा गरेकोमा नेसनल लाइफले ४० करोड ६३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै एलआईसी नेपालले २३ करोड ८५ लाख खुद मुनाफा गरेकोमा हिमालयन लाइफले ६३ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ।

प्रतिशेयर आम्दानीः नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ६.२६ रुपैयाँ छ भने नेसनल लाइफको ८.११ रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको वार्षिक प्रतिशेयर आम्दानी ८.९९ रुपैयाँ छ भने हिमालयन लाइफको ७.९० रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थ: नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १२९.११ रुपैयाँ छ भने नेसनल लाइफको १४४.२८ रुपैयाँ छ। एलआईसी नेपालको प्रतिशेयर नेटवर्थ २३४.८३ रुपैयाँ छ भने हिमालयन लाइफको १२६.२९ रुपैयाँ छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS