IME Life New

श्रीलंकाको बीमा क्षेत्रमा सुधारको पहल थालियो, लघुबीमा प्रडक्ट पनि ल्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीलंकाको बीमा नियामक आयोग (आईआरसीएसएल)ले बीमा उद्योगमा सुधार ल्याउन पहल थालेको छ।

डेली मिरर रिपोर्टका अनुसार आईआरसीएसएलका महानिर्देशक दम्यान्थी फर्नान्डोले कोभिड–१९ यता घट्दै गएको क्रयशक्ति, सीमित आर्थिक रुपमा सक्रिय जनसंख्या र अनिश्चित ब्याजदर बीमा उद्योगलाई असर गर्ने प्रमुख कारकका रुपमा पहिचान गरेका छन्। फर्नान्डोले लगानीको आम्दानीमा धेरै निर्भर रहेको बीमा क्षेत्रले ब्याजदरमा उतारचढाव र उपभोक्ताको क्रयशक्ति घट्दै गर्दा नाफासँग संघर्ष गरिरहेको बताएका छन्।

Esewa
Crest

आईआरसीएसएलले धेरै सुधार नियम लागू गर्ने योजना बनाएको छ। यसमा अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्दोजुल्दो बीमा नियमहरु अद्यावधिक गर्ने, जोखिममा आधारित पुँजी (आरबीसी) आवश्यकताहरु कडा गर्ने र लघुबीमा उत्पादन (प्रडक्ट)का लागि कानुनी रुपरेखा सिर्जना गर्ने समावेश छ।

आईआरसीएसएलले छिट्टै बीमाको पहुँच बढाउन मोबाइल र फिक्स्ड–लाइन अपरेटरहरुमार्फत लघुबीमा उत्पादनहरु बिक्री गर्न दिशानिर्देशहरु जारी गर्ने फर्नान्डोले घोषणा गरेका छन्। पुनर्बीमा नियुक्ति र उपभोक्ता संरक्षणमा परिमार्जित दिशानिर्देश पनि जारी गरिने उनको भनाइ छ।

कम्पनीहरुलाई नयाँ डिजिटल बीमा प्रडक्ट परीक्षण गर्न अनुमति दिन नयाँ कानुनी ढाँचाको मस्यौदा तयार गरिने र आगामी वर्ष कार्यान्वयन हुने अपेक्षा गरिएको फर्नान्डोले बताए। आईआरसीएसएलले उत्पादन समीक्षा, प्रवर्द्धन सामग्री र जनचेतनामूलक प्रयासहरुको निरीक्षण बढाउनका लागि नयाँ इकाइ स्थापना गरेर र थप कर्मचारी भर्ती गरेर बजार आचरण पर्यवेक्षण सुधार गर्ने योजना पनि बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS