IME Life New

नेपाल बीमा प्राधिकरणको वेबसाइटमा किन यस्तो अङग्रेजी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको वेबसाइटमा स्क्रलमा तीनवटा सूचना निरन्तर गतिमा देखा पर्छ । वेबसाइटको गृहपृष्ठको हेडरमा रहेको स्क्रलमा राखिएको तीनवटा सूचनामध्ये एउटा सूचनाको शीर्षक पहिलो दृष्टीमा नै अमिल्दो छ भन्ने सामान्य अङ्ग्रेजी जान्नेले पनि सहजै ठम्याउन सक्छ।

प्राधिकरणले बीमा ऐन २०७९ बमोजिम इजाजत नलिइ बीमा प्रकृतिका व्यवसाय सञ्चालन गर्न नहुने बारेको सूचनाको शीर्षकलाई अङ्ग्रेजीकरण गर्न खोजेको देखिन्छ। तर अङ्ग्रेजीकरण गरिएको यो वाक्यले प्राधिकरणले नेपालीमा उल्लेख गरेको सूचनाको शीर्षकलाई स्पष्ट पार्दैन बरू झनै उल्टो अर्थ दिन्छ। अङ्ग्रेजीकरण गरिएको सूचना शीर्षकमा लेखिएको छ,”According to the Insurance Act 2079, the insurance nature of business is not considered to be registered”. यो वाक्यलाई हुबहु नेपालीमा उल्था गर्दा यसको अर्थ हुन्छ, ”बीमा ऐन २०७९ बमोजिम, बीमा प्रकृतिका व्यापार दर्ता गरिनुपर्दैन।”

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS