काठमाडौं । शेयर बजारमा आज पौने २९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। दोहोरो अंकले घटेको बजारमा आज २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज नेप्से परिसूचक आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको छ। यो दिन ४७ वटा कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ८२ करोड १४ लाख रुपैयाँ
- अपी पावरः ७८ करोड ७६ लाख रुपैयाँ
- कुमारी बैंकः ६५ करोड ९३ लाख रुपैयाँ
- एचआईडीसीएलः ५२ करोड ९३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५२ करोड २८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ५० करोड ९४ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः ४९ करोड १३ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ४८ करोड ८८ लाख रुपैयाँ
- निफ्राः ४८ करोड ५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४७ करोड २ लाख रुपैयाँ