IME Life

एलआईसीको कुल बीमाशुल्क १८ अर्ब माथि, जीवन बीमा कोषमा १.२० खर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ७५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ६८.३४ प्रतिशतले घटेको छ।

Prabhu
Crest

समीक्षा वर्षमा शेयर पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५८ करोड ५४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५८ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको शेयर प्रिमियममा ६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५६ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६० लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २० अर्ब ३८ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा १ खर्ब ६ अर्ब ३४ करोड २ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकार १३.२० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १८ अर्ब १० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.६५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १८ अर्ब ६ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले १७ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३.८८ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खर्चिएको थियो।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको वार्षिक ईपीएस २८.४० रुपैयाँ थियो। पीई रेसियो ८७.२१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.५४ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS