IME Life New

गोकर्णमा गोदावरीको जस्तै भव्य अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्दै यती समूह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यती होल्डिङ्सको पूर्णस्वामित्व रहेको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिले रिसोर्ट परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ। २ हजार मानिस अटाउने क्षमताको यो सम्मेलन केन्द्र काठमाडौं उपत्यकाभित्र गोदावरीको अन्तर्राष्ट्रिय सम्मेलनपछि अर्को ठूलो सम्मेलन केन्द्र बन्नेछ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार ८० करोड रुपैयाँको लागतमा सम्मेलन केन्द्र निर्माण भइरहेको छ। कौडा आकारमा निर्माणाधीन सम्मेलन केन्द्रमा नेपाली वास्तुकलामा आधारित मन्दिर र गुम्बाको झल्को दिइएको छ। यो बहुउपयोगी सम्मेलन केन्द्रमा आवश्यकताअनुसार एकैपटकमा ४ वटाभन्दा बढी सभा सम्मेलन गर्न सकिनेछ।

Esewa
Crest

गत चैतमा नै सम्मेलन केन्द्र सञ्चालनमा ल्याउने पूर्वयोजना रहेकोमा निर्माणकार्यले अपेक्षित गति लिन नसकेपछि सञ्चालन मिति १ वर्ष पर धकेलिएको छ। इक्रा नेपालका अनुसार निर्माण कार्यमा ढिलासुस्तीका कारण वित्तीय प्रगति जम्मा १३ प्रतिशतमा सीमित छ।

गोकर्ण फरेष्ट रिसोर्टको बिस्तारित क्षेत्रको मास्टर प्लान। श्रोतः आर्किप्लान एसबिटी

यसबाहेक होटलको हालको १०० कोठामा थप ५१ वटा कोठा थपेर १५१ वटा कोठा पुर्याउने गरी निर्माणकार्य भइरहेको छ। निर्माणाधीन भवनमा २ शयन कक्ष, विश्राम कक्षा र भान्छा कोठासहितको १० वटा भिल्ला, १२ वटा सर्भिस अपार्टमेन्ट, ६ वटा डिलक्स सुइट र एउटा प्रेसिडेन्सियल सुइट रहेको छ।

यसबाहेक क्लब हाउस रेस्टुरेन्ट, सिगार बार, स्पा, जिप, स्विमिङ पुल, जंगल थिममा आधारित रेस्टुरेन्ट र ध्यान सभाहल पनि होटलको क्षमता विस्तारको योजनामा समेटिएका छन्। ४७० एकड क्षेत्रफल जग्गामा निर्माण गर्न लागिएको नयाँ पूर्वाधारको निर्माणकार्य सम्पन्न भएपछि कुल १ लाख ४१ हजार ७५४ वर्गफिट क्षेत्रफल भुइँ सतह हुनेछ।

कारोबार बढ्यो, बढेन नाफाः

गोकर्ण फरेस्ट रिसोर्टले गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३४ करोड ४० लाख रुपैयाँबराबरको कारोबार गरेको छ। कोरोना महामारीको प्रभाव सकिएपछि क्रमशः व्यापारमा गति लिन थालेको यो होटलले गत अघिल्लो आव २०७९।८० को तुलनामा व्यापारमा सुधार गरेको हो।

रेटिङ एजेन्सी इक्रा नेपालले प्रकाशन गरेको प्रेस विज्ञप्तिअनुसार रिसोर्टले अघिल्लो आवभरमा ४२ करोड रुपैयाँबराबरको कारोबार गरेको थियो। कारोबार रकम बढेपनि यसको नाफा दर अघिल्लो वर्षको २० प्रतिशतबाट झरेर १२ प्रतिशतमा सीमित हुन पुगेको छ।

आव २०७८।७९ मा यो रिसोर्टले कुल कारोबार रकममा झन्डै १६७ प्रतिशतले वृद्धि गर्दै कुल ३३ करोड ९० लाख रुपैयाँबराबरको कारोबार गरेको थियो। २०७७।७८ मा कोरोना महामारीका कारण पर्यटक आगमन घटेसँगै यसको कारोबार रकम ५० प्रतिशतले घटेर २६ करोड २० लाख रुपैयाँबाट १२ करोड ७० लाख रुपैयाँमा सीमित हुन पुगेको थियो।

गोकर्ण फरेष्ट रिसोर्ट(देब्रै) र निर्माणाधीन क्षेत्र (दाहिने)। श्रोतः गुगल अर्थ

नयाँ पूर्वाधार निर्माणकार्य अनपेक्षित रुपमा ढिलो हुँदा निर्माण लागत बढ्ने भन्दै इक्रा नेपालले चासो व्यक्त गरेको छ। निर्माणाधीन सम्मेलन कक्षका लागि २० प्रतिशत पुँजी यसका शेयरधनीले लगानी गर्ने भनिए पनि अझैसम्म लगानी गरेका छैनन्। साथै, ३३ प्रतिशत ऋण पुँजीका लागि पनि बैंकसँग सम्झौता हुन बाँकी नै छ। सैद्धान्तिक सहमतिमात्र प्राप्त गरेको छ।

ठूलो लगानीमा निर्माण भइरहेकाले पूर्व निर्धारित परिमाणमा व्यापार गर्न नसकेको अवस्थामा यसले ऋण चुक्ता गर्न सक्ने क्षमता कमजोर बनाउनेछ। कर्जाबापतको ब्याज समयमै चुक्ता नहुँदा गोकर्ण फरेस्ट रिसोर्टले क्रमशः पुँजीकरण गर्दै लगेको छ।

इक्रा नेपालले ६६ करोड ५० लाख दीर्घकालीन कर्जाका लागि ‘एल डबल बी’ र ७ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘एफो’ रेटिङलाई पुनः समर्थन गरेको छ।

काठमाडौं सहरभित्र हाई एन्ड पर्यटक तथा आगन्तुकका लागि गोकर्ण फरेस्ट रिसोर्ट नजिकको गन्तव्य हो। पर्यटन बोर्डले यो रिसोर्टलाई लक्जरी रिसोर्टमा वर्गीकरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS