काठमाडौं । शेयर बजारमा आज पनि दैनिक करोबारले फेरी नयाँ रेकर्ड बनाउने सम्भावना प्रवल बनेको छ । बजार खुलेको डेढ घन्टामै भएको कारोबारले यस्तो संकेत गरेको हो । कारोबार सुरु भएको डेढ घन्टामै ११ अर्ब बढीको शेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म अर्थात् १२ः३० बजेसम्म २ करोड ८६ लाख ४० हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६२ करोड ६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यस समयमा नेप्से परिसूचक ४८ अंकले बढेर २९०९ को विन्दुमा कायम भएको छ । सो समयमा १७३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ ।