काठमाडौं । साउन २७ गते आइतबार नेप्से परिसूचक २८६० माथि पुगेर बन्द भएको छ । यस दिन परिसूचक ९४.४६ अंकले बढेको छ।
२५ अर्ब ७७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ३ अर्ब ६ करोडको कारोबार भएको छ जसमा १ अर्ब ६३ करोडको खरीद छ भने १ अर्ब ४३ करोडको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १ अर्ब ६ करोड ९६ लाखको खरीद छ भने १ अर्ब ९ करोडको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।