IME Life New

शेख हसिनाको सत्ता ढलेसँगै बंगलादेशी शेयर बजारमा हरियाली, साढे ३ वर्षयताकै उच्च बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेख हसिनाको सत्ता ढलेसँगै मंगलबार बंगलादेशी शेयर बजारमा उछाल आएको छ। हसिनाको राजीनामासँगै लगानीकर्तामा उत्साह छाउँदा बंगलादेशी शेयर बजारमा हरियाली छाएको हो।

ढाका स्टक एक्सचेन्जको सूचक डीएसईएक्स आज १९७ अंक अर्थात ३.७७ प्रतिशतले बढेको छ। यो बढोत्तरी साढे ३ वर्षयताकै उच्च हो। डीएसईएक्स सूचक ५४२६ को विन्दुमा पुगेको छ।

Esewa
Crest

सरकारी जागिरमा आरक्षणको विषयलाई लिएर विद्यार्थीले चर्किएको हिंसात्मक आन्दोलनपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछिको पहिलो कारोबारमा बंगलादेशी शेयर बजारमा हरियाली छाएको हो। उक्त आन्दोलनमा ३०० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन्।

शेख हसिनाको राजीनामापछि अब बंगलादेशमा राम्रो सरकार गठन हुने आशाले बजार बढेको जानकारहरु बताउँछन्। शेयर बजारमा आज खरिदचाप देखिएको थियो। लगानीकर्तामा उत्साह छाएको थियो।

बंगलादेशी शेयर बजारमा आज ७५० करोड बंगलादेशी टाकाबराबरको कारोबर भएको छ। जुन अघिल्लो दिनको तुलनामा २६२ प्रतिशतले बढी हो।

यसैबीच नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने भएका छन्। मुख्य सल्लाहकारका रुपमा युनुसले अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS