IME Life New

एचआईडीसीएलको १.६८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को १ करोड ६८ लाख बढी कित्ता शेयर साउन २९ गतेबाट बिक्रीमा राखिने भएको छ।

कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। यो शेयर बिक्रीपछि नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन भदौ ६ गतेसम्म दिन सकिनेछ।

शेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS