IME Life New

विमान दुर्घटनाबारे जाँच गर्न सौर्य एयरलाइन्स जहाजको ‘ब्ल्याक बक्स’ सिंगापुर पठाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग छेउमा साउन ९ गते १८ जनाको ज्यान जाने गरी दुर्घटनामा परेको सौर्य एयरलाइन्स जहाजको ‘ब्ल्याक बक्स’ बारे अध्ययनका लागि सिंगापुर पठाइएको छ ।

रतिशचन्द्रलाल सुमनको नेतृत्वमा गठित विमान दुर्घटना छानबिन आयोगले ब्ल्याक बक्स लिएर सिंगापुर गएको स्रोतले जनाएको छ । सिंगापुरमा अवस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेशन ब्युरोमा ब्ल्याक बक्सको परिक्षण गरिनेछ।

Esewa
Crest

जतिसुकै भीषण आगलागी भएपनि जलेर नष्ट नहुने ब्ल्याक बक्समा उडानका क्रममा विमानभित्र हुने सम्पूर्ण यान्त्रिक गतिविधि र पाइलक कक्षभित्रको सांकेतिक र भाषिक संवादहरू तथ्यांक सुरक्षित साथ संकलन गरिएको हुन्छ। विमानको दुर्घटनाको कारण जाँच गर्नका लागि ‘ब्ल्याक बक्स’ को परिक्षण महत्वपूर्ण मानिन्छ।

यसअघि यति एयर लाइन्सको पोखरामा २०७९ माघ १ गते ७२ जनाको ज्यान जाने गरी भएको एटिआर ७२ विमान दुर्घटनाको ब्ल्याक बक्स पनि सिंगापुरमा नै परिक्षण गरिएको थियो ।

छानबिन आयोगले दुर्घटनाको सम्बन्धमा स्थलगत अनुसन्धानको काम सम्पन्न गरि सकेको छ। साउन ९ गतेको मन्त्री परिषद बैठकबाट गठन गरिएको आयोगलाई छानबिन प्रतिवेदन बुझाउन ४५ दिनको म्याद दिइएको छ।

नियमित परिक्षणका लागि काठमाडौंबाट पोखराका लागि उडान भरेको जहाज दुर्घटना हुँदा पाइलट मनिष रत्न शाक्य बाहेक बाँकी १८ जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा घाइते भएका पाइल शाक्य उपचार पछि घर फर्कि सकेका छन् ।

साैर्य एयरलाइन्ससँग रहेको तीनवटा बम्बार्डियर सिआरजे २०० मोडलको जेट विमानमध्ये एउटा थन्किएको छ भने बाँकी दुइमध्ये एउटा दुर्घटनामा परेका कारण अहिले एउटा मात्र विमान उडान सेवाका लागि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS