IME Life New

जी मोटर्सले भित्र्याउँदै छ चिनियाँ कम्पनी स्काइवेलको स्टाइलिस विद्युतीय जीप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  जी मोटर्स प्रालिले चीनमा निर्मित विद्युतीय एसयुभी स्काइ वेलको नयाँ मोडल बीई ११ नेपाल भित्र्याउने भएको छ। नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले आगामी भदौमा आयोजना हुन लागेको नाडा अटो शोमार्फत् यो कार नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो।

मोटर्सका अनुसार बीई ११ मा उपभोक्ताले मोटर क्षमताको आधारमा दुई वटा अप्शनमा यो जीप चढ्न पाउनेछन् । स्काइवेल बीई ११ मा ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको गरी दुईवटा ब्याट्री अप्सनमा यो जीप उपलब्ध हुनेछ । दुबै जीपमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान गरिएको छ।

Esewa
Crest

मोटर्सले सार्वजनिक गरेको मूल्य सुची अनुसार ५१.९२ किलोवाट आवर क्षमताको ब्याट्री भएको बीई ११ को मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्री भएको बीई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ पर्नेछ।

५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई११ ले एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज र ७१.९८ किलोवाट आवर ब्याट्री भएको बीई११ ले ५ सय २० किलोमिटर गुड्न सक्ने जी मोटर्सले दाबी गरेको।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS