IME Life New

नियमन र सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने, यस्तो छ सेबोनको नीति तथा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमन र सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गर्दै लगिने योजना सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्ष २०८१।८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा सेबोनले यस्तो योजना सार्वजनिक गरेको हो। सेबोनको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने, आईपीओ अलटमेन्ट सफ्टवेयरको Vulnerability Assessment and Penetration Testing (VPAT) तथा अन्य प्राविधिक पक्षहरुका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने र पुँजी बजारसम्बन्धी तथ्यांकहरुको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंकरपोर्टल स्थापना सम्बन्धमा अध्ययन गर्ने योजना सबोनेको रहेको छ।

Esewa
Crest

यसैगरी धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने, धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परिक्षण ढाँचा तयार गर्ने, बोर्डका कार्य सञ्चालनका लागि आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाउने तथा धितोपत्र बोर्डका सूचना प्रविधिको उपयोगलाई सुरक्षित बनाउन फायरवाल र ईडीआर÷एफआईएम प्रणालीहरुको व्यवस्था गर्ने योजना पनि सेबोनको रहेको छ।

सेबोनले कार्यालयको आफ्नै डाटा सेन्टर स्थापना गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका एआई बेस्ड एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगमा ल्याउन अध्ययन पनि गर्ने भएको छ।

sebon plan and policy

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS