IME Life New

गण्डकी प्रदेशमा विदेशी पर्यटकको दैनिक खर्च ६३ डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको यस प्रदेशमा औसत बसाई अवधि १२ दिन रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशमा विदेशी मुलुकका पर्यटकको आगमन, बसाई अवधि र खर्चका सम्बन्धमा गरेको नमूना सर्वेक्षणका क्रममा यस्तो तथ्य प्रकाशमा आएको हो।

बैंकले शुक्रबार सार्वजनिक गरेको ुगण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्तिु प्रतिवेदनमा अनुसार विभिन्न ६ महादेशबाट आएका पर्यटकमध्ये दक्षिण अमेरिका महादेशबाट आएका पर्यटकको औसत बसाई अवधि सबैभन्दा धेरै १९ दिन रहेको थियो । यसैगरी सबैभन्दा कम औसत बसाई अवधि ९ दिन एशिया महादेशबाट आएका पर्यटकको रहेको थियो । नेपालमा सबैभन्दा बढी र कम राष्ट्रिय औसत बसाई अवधि भने क्रमशः २८ दिन र १६ दिन रहेको छ ।

Esewa
Crest

प्रतिवेदनमा विदेशी पर्यटकहरुको भारित औसत दैनिक खर्च ८ हजार ३५५ रूपैयाँ २९ पैसाँ अर्थात् ६२.८९ अमेरिकी डलर रहेको उल्लेख छ ।

गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको औसत बसाई अवधि, शिर्षकगत खर्चको प्रवृत्ति र भुक्तानीका माध्यमका साथै पर्यटकले सामना गर्नुपरेका कठिनाइहरुको पहिचान गर्न नमूना सर्वेक्षण गरिएको राष्ट्र बै‌ंकले प्रतिवेदनमा उल्लेख गरेको छ।

राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई अभियानका रूपमा प्रवर्द्धन गरेपनि सर्वेक्षणमा सहभागि गराइएकामध्ये अधिकांश पर्यटकले नगदमै भुक्तानी गरेको तथ्य सर्वेक्षण प्रतिवेदनमार्फत् प्रकाशमा आएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार  सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदको माध्यमबाट ९४।९३ प्रतिशत पर्यटकले भुक्तानी गरेका थिए ।

यसैगरी भ्रमण तथा नेपाल बसाईका क्रममा भएको कठिनाईका सम्बन्धमा जिज्ञासा राख्दा बहुसंख्यक पर्यटकले केही न केही कठिनाईको सामना गर्नु परेको गुनासो गरेका थिए । प्रतिवेदन अनुसार २८।४१ प्रतिशत पर्यटकले कुनै पनि समस्या सामना गर्नु नपरे पनि बाँकी ७१।५९ प्रतिशत पर्यटकहरुले कुनै न कुनै समस्या सामना गर्नु परेको थियो । उनीहरूले  उल्लेख गरेका समस्याहरूमा भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, भुक्तानीमा समस्या, सांस्कृतिक फरकपनाले निम्त्याएको समस्या रहेका छन् ।

गण्डकी प्रदेशमा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र नवलपरासी ९पूर्व० गरी ११ जिल्लाहरु रहेका छन्। यस प्रदेशमा क्षेत्रफलका आधारमा नेपालकै ठूलो पोखरा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह र ७५९ वडाहरु रहेका छन्। यस प्रदेशका १५०० देखि ३००० मिटर सम्मको क्षेत्रमा समशीतोष्ण हावापानी, ३००० देखि ४५०० मिटरको उचाइमा अल्पाइन हावापानी भएको हिमालय क्षेत्रहरू र उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS