IME Life New

१३ वटा विमान भित्र्याउँदा नेपाली वायू सेवा कम्पनीको थप ९ अर्ब रूपैयाँ लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वायू सेवा कम्पनीले एक वर्षको अवधिमा जहाज खरिदका लागि मात्र ९ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेका छन्। भन्सार विभागले प्रकाशन गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा वायू सेवा कम्पनीले कुल ९ अर्ब ५ करोड ७२ लाख रूपैयाँ बराबरको जहाज र हेलिकप्टर भित्र्याएका छन् ।

एक वर्षको अवधिमा घरेलु उड्ययन सेवामा साना ठूला समेत १३ वटा विमान थपिएका छन् ।

Esewa
Crest

विभागका अनुसार १५ हजार किलोग्रामभन्दा अधिक तौल भएको ६ वटा विमान आयात भएको छ । व्यवसायीले ६ वटा विमान भित्र्याउँदा जहाजको भन्सार महशुल समेत कुल ६ अर्ब ४७ करोड ३० लाख रूपैयाँ जहाजको खरिदमा र थप ९१ करोड ४६ लाख ४२ हजार रूपैयाँ भन्सार महशुल वापत भुक्तानी गरेका छन् । घरेलु उड्ययन क्षेत्रमा नयाँ विमान थपिएसँगै निर्जीवन बीमकले वायूयानको बीमावापत प्राप्त गर्ने व्यापार र बीमाशुल्क आम्दानी दुबै बढ्ने भएको छ।

सरकारले जहाजको आयातमा जम्मा १ प्रतिशत भन्सार महशुल लिंदै आएकोमा पछिल्लो समयमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समेत असुली गर्न थालेपछि वायू सेवा कम्पनीको जहाज खरिदको लागत बढेको छ।

श्रोतः भन्सार विभाग

भन्सार विभागका अनुसार १५ हजार केजीभन्दा अधिक तौल भएका ६ वटा जहाज, २ हजार केजीभन्दा माथि तर १५ हजार केजीभन्दा तलको तौल भएका २ वटा सानो जहाज र २ हजार केजीभन्दा थोरै तौल भएको ५ वटा हेलिकप्टर नेपाली हवाई सेवा क्षेत्रमा भित्र्याइएको छ।

गत आवमा श्री एयरलाइन्सले सर्वाधिक ३ वटा ठूलो जहाज भित्र्याएको छ ।यो एयरलाइन्सले ८० सिट क्षमताको ३ वटा क्यू ४०० ड्यास मोडलको हवाइ जहाज भित्र्याएको छ। यसैगरी बुद्ध एयर र यती एयरलाइन्सले ७२ सिट क्षमताको २ २ वटा एटिआर ७२ मोडलको हवाई जहाज नेपाल भित्र्याएका छन्।

साना विमान अन्तर्गत तीनवटा हेलिकप्टर उडान सेवा कम्पनीले कुल ५ वटा हेलिकप्टर भित्र्याएका छन् । हेलि एभरेष्टले २ वटा, मुस्ताङ एयरले एउटा, मनाङ एयरले एउटा र सिम्रिकले एउटा हेलिकोप्टर भित्र्याएका छन्।

भन्सार विभागको तथ्यांक अनुसार थप २ वटा मध्यम आकारको विमान समेत भित्र्याइएको छ। यी विमानको मूल्य जम्मा १ करोड ३५ लाख ५२ हजार रूपैयाँ घोषणा गरिएको छ।घोषित मूल्यका आधारमा यी दुबै विमान व्यवसायीक उडानका लागि नभइ अन्य कुनै प्रयोजनका लागि भित्र्याइएको हुनसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS