IME Life New

सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले बढाए हकप्रद ल्याउने प्रक्रिया, सेबोनसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै हकप्रद निष्कासनको अनुमति मागेका हुन्।

सन नेपाल लाइफले चुक्तापुँजीको २७ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

सन नेपाल लाइफको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

यसैगरी नेपाल इन्स्योरेन्सले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

नेपाल इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS