Connect IPS
IME Life

बीमकले आजबाट डिजिटल पोलिसी जारी गर्न पाउने, बीमा कारोबार पनि विद्युतीय माध्यमबाट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८१।८२ आज साउन १ गतेबाट सुरु भएको छ। चालु आर्थिक वर्षबाट बीमा क्षेत्र पनि डिजिटल युगमा प्रवेश गरेको छ।

अब बीमा कम्पनीहरुले अभिकर्ताको संलग्न बिना पनि डिजिटल इन्स्योरेन्स पोलिसी बिक्री गर्न पाउने भएका छन्। नेपाल बीमा प्राधिकरणले केही समयपहिले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स (डीआईपीडी)–२०२४’ जारी गरेको थियो। यो डीआईपीडी आज साउन १ गतेबाट लागू भएको छ।

Prabhu
Crest

डीआईपीडी लागू भएसँगै अब बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना पनि डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री पाउने बाटो खुलेको छ। डीआईपीडीमा अभिकर्ताको संलग्नता बिना बिक्री गरिएका डिजिटल इन्स्योरेन्स पोलिसीको प्रिमियम शुल्कमा बीमा कम्पनीले बीमितलाई छुट दिने पाउने व्यवस्था पनि गरेको छ। यो बाक्यांशले बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना पनि डिजिटल इन्स्योरेन्स पोलिसी बिक्री गर्न पाउने बाटो खुलेको हो।

अभिकर्ताको संलग्नता बिना बीमितले खरिद गर्न चाहेका डिजिटल इन्स्योरेन्स पोलिसीमा मात्रै प्रिमियम शुल्कमा यो छुट सुविधा उपलब्ध गराउने व्यवस्था डीआईपीडीमा गरिएको छ। त्यस्तो छुट सुविधाको विषयमा प्राधिकरणले तोकेबमोजिम हुने डीआईपीडीमा उल्लेख छ।

हाल अभिकर्ताको संलग्नतामा मात्रै बीमा कम्पनीहरुले पोलिसी बिक्री गर्दै आएका छन्। यसरी बिक्री गरिएका पोलिसीमा कम्पनीहरुले अभिकर्तालाई निश्चित प्रतिशत रकम कमिसनका रुपमा उपलब्ध गराउँदै आएको छ।

यही डीआईपीडीबमोजिम बीमकले बीमासँग सम्बन्धित सबै खाले कारोबार डिजिटल माध्यमबाट गर्नुपर्ने अनिवार्य हुन्छ।
यसका लागि बीमकले ग्राहकको अकाउन्ट खोलेर युजर नेम र पासवर्ड उपलब्ध गराउनुपर्नेछ। डिजिटल अकाउन्ट खोलेपछि नियामकले मापदण्डअनुसार ग्राहकको केवाईसी अद्यावधिक गर्नुपर्ने अनिवार्यता गरिएको छ। ग्राहक डिजिटल अकाउन्टको नम्बर युनिक हुनुपर्ने व्यवस्था गर्नुपर्ने पनि प्राधिकरणले जनाएको छ। यसका लागि ग्राहकको ई–मेल आईडी वा मोबाइल नम्बर अनिवार्य रहेको गाइडलाइन्समा उल्लेख छ।

यसैगरी नियामक स्वीकृत गरेबमोजिम बीमकले डिजिटल माध्यमबाट बीमा व्यवसाय गर्न ई–प्रपोजल तयार गर्नुपर्नेछ। ई–प्रपोजलमा अभिकर्ताको पूर्ण विवरण पनि समावेश गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

बीमक जारी भइसकेका बीमालेख पनि डिजिटलमा रुपान्तरण गर्न पाउने भएका छन्। बीमितको स्वीकृतिमा बीमकले जारी भइसकेका बीमालेख डिजिटल फरम्याटमा रुपान्तरण गर्न सक्नेछन्। यसरी डिजिटलमा रुपान्तरण गरिएका बीमालेखका बारेमा कम्पनीहरुले आफ्नो वेबसाइटमा अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्नेछ।

नेपालको बीमा क्षेत्रको डिजिटल रुपान्तरणका लागि प्राधिकरणले यो गाइडलाइन्स जारी गरेको हो। यसले नेपालको बीमा क्षेत्रमा नयाँ कोशेढुंगा थप्ने विश्वास प्राधिकरणको रहेको छ। अब बीमा कम्पनीहरुले डिजिटल रुपमा बीमालेख जारी गर्न पाउनेछन् भने बीमाशुल्क, दाबी भुक्तानी, विभिन्न लाभमा गर्नुपर्ने भुक्तानीजस्ता कारोबार पनि डिजिटल रुपमै गर्नुपर्ने अनिवार्य गरिएको छ। पहिले जारी भएका बीमा पोलिसीलाई पनि कम्पनीहरुले डिजिटलमा रुपान्तरण गर्न पाउनेछन्।

प्राधिकरणले डिजिटल माध्यमबाट जारी हुने बीमालेखका लागि जीवन बीमा, निर्जीवन बीमा र लघु जीवन र निर्जीवन बीमा कम्पनीलाई मापदण्ड तोकिएको छ। त्यस्तै प्राधिकरणको स्वीकृतिमा बीमकले नयाँ प्रडक्ट पनि डिजिटल माध्यमबाट जारी गर्न पाउने भएका छन्।

डिजिटल माध्यम जारी गर्न पाउने बीमालेख

बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव पन्तले आज साउन १ गतेबाट बीमा कम्पनीहरुले डिजिटल फरम्याटमा बीमा पोलिसी जारी गर्न सक्ने बताए। ‘प्राधिकरणले मार्गदर्शन जारी गरिसकेको छ, अब त्यही मार्गदर्शनबमोजिम बीमा कम्पनीहरुले डिजिटल पोलिसी जारी गर्न पाउँछन्’, उनले भने, ‘हाललाई अनिवार्य त गरिएको छैन। तर, बीमा कम्पनीले चाहेमा डिजिटल पोलिसी गर्न सक्छन्।’

पहिले नै जारी भइसकेका पोलिसीलाई पनि बीमितको आग्रहमा बीमा कम्पनीले डिजिटल फर्म्याटमा लैजान सक्ने प्रवक्ता पन्तले बताए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS