IME Life New

एक वर्षमा करिब डेढ सय अंकले बढ्यो नेप्से, पौने ५ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज आर्थिक वर्ष २०८०।८१ को अन्तिम दिन। भोलिबाट नयाँ आर्थिक वर्ष २०८१।८२ सुरु हुँदैछ। चालु आर्थिक वर्ष २०८०।८१ शेयर बजारका लागि खासै उत्साहजनक रहेन। यो वर्षैभरि करिब करिब साइडवेजमा चलेको बजार अन्त्य अन्त्यतिर भने गति लिन थालेको देखिन्छ। कारोबार रकमले पनि बजार बढ्नलाई सपोर्ट गरेको देखिन्छ।

यो १ वर्षको तथ्यांक हेर्ने हो भने शेयर बजार परिसूचक नेप्से करिब ७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको असार मसान्तमा २०९७.०९ विन्दुमा बन्द भएको बजार यो वर्षको असार मसान्तका दिन २२४०.४१ को विन्दुमा बन्द भएको छ। यस हिसावले हेर्दा पछिल्लो एक वर्षमा नेप्से ६.८३ प्रतिशतले बढेको छ।

Crest

नेप्सेमा रहेको १३ वटा उपसूचकमध्ये फाइनान्स उपसूचकले लगानीकर्तालाई मालामाल बनाएको छ। गत आर्थिक वर्षको असार मसान्तमा फाइनान्स उपसूचक १९२५.३३ को विन्दुमा थियो। यो वर्षको असार मसान्तमा फाइनान्स उपसूचक २६०४.१६ को विन्दुमा कायम भएको छ। यो हिसाबले १ वर्षको तथ्यांक हेर्ने हो भने फाइनान्स उपसूचक ३५.२६ प्रतिशतले बढेको छ।

म्युचुअल फन्ड उपसूचक गत वर्षको असार मसान्तमा १५.१५ को विन्दुमा कायम भएको थियो। यो वर्षको असार मसान्तमा यस उपसूचक २०.४२ को विन्दुमा कायम भएको छ। यो हिसाबले म्युचुअल फन्ड उपसूचक गत वर्षको तुलनामा ३४.७९ प्रतिशतले बढेको देखिन्छ।

त्यस्तै उत्पादनमूलक तथा प्रशोधन समूह गत वर्षको असार सान्तमा ५६३७.५१ को विन्दुमा कायम भएको थियो। यो वर्षको सोही अवधिमा उक्त समूह ६७२७.७० का विन्दुमा कायम भएको छ। यस समूह गत वर्षको तुलनामा १९.३४ प्रतिशतले वृद्धि भएको हो।

माइक्रोफाइनान्स समूह गत वर्षको तुलनामा १८.९९ प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तमा माइक्रोफाइनान्स उपसूचक ४०४९.५६ को विन्दुमा कायम भएको थियो भने यस वर्षको असार मसान्तमा ४८१८.४० को विन्दुमा कायम भएको छ।

यता हाइड्रोपावर इन्डेक्स गत वर्षको तुलनामा यस असार मसान्तमा १७.५९ प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तमा हाइड्रोपावर इन्डेक्स २३६७.११ को विन्दुमा कायम भएको थियो भने यस वर्षको असार मसान्तमा २७८३.५५ को विन्दुमा कायम भएको छ।

त्यसैगरी ट्रेडिङ इन्डेक्स गत वर्षको तुलनामा यस असार मसान्तमा १५.५७ प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तसम्ममा यस इन्डेक्स २६३७.९४ को विन्दुमा रहेको थियो भने यस वर्षको असार मसान्तमा ३०४८.७९ को विन्दुमा कायम भएको छ।

इन्भेस्टमेन्ट इन्डेक्स गत आर्थिक वर्षको असार मसान्तमा ७३.०६ को विन्दुमा रहेको थियो। यस वर्षको असार मसान्तमा उक्त इन्डेक्स बढेर ८३.५९ को विन्दुमा छ। गत वर्षको तुलनामा यस इन्डेक्स १४.४१ प्रतिशतले बढेको हो।

विकास बैंक इन्डेक्स गत आर्थिक वर्षको असार मसान्तको तुलनामा १३.८२ प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तमा ३८९५.१७ को विन्दुमा रहेको यस उपसूचक यस वर्षको असार मसान्तमा ४४३३.५० को विन्दुमा कायम भएको छ। गत वर्षको तुलनामा यस उपसूचक १३.८२ प्रतिशतले बढेको हो।

अन्य इन्डेक्स गत वर्षको असार मसान्तमा १५४९.४९ को विन्दुमा कायम भएको थियो। यो वर्षको सोही अवधिमा अन्य समूह १६९४.६४ का विन्दुमा कायम भएको छ। यस समूह गत वर्षको तुलनामा ९.३७ प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको असार मसान्तको तुलनामा निर्जीवन बीमा समूह, जीवन बीमा समूह, बैंकिङ समूह र होटल्स एन्ड टुरिजम समूह घटेका छन्। गत आर्थिक वर्षको असार मसान्तमा निर्जीवन बीमा समूह ११२८७.८४ को विन्दुमा थियो। यो वर्षको असार मसान्तमा यस उपसूचक १११७९.९६ को विन्दुमा कायम भएको छ। यो हिसाबले १ वर्षको तथ्यांक हेर्ने हो भने यस उपसूचक ०.९६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तमा बैंकिङ उपसूचक १२३४.८० को विन्दुमा थियो। यो वर्षको असार मसान्तमा यस उपसूचक १२२१.२४ को विन्दुमा कायम भएको छ। यो हिसाबले १ वर्षको तथ्यांक हेर्ने हो भने यस उपसूचक १.१० प्रतिशतले घटेको छ।

होटल्स एन्ड टुरिजम उपसूचक गत वर्षको तुलनामा ४.१० प्रतिशतले घटेको छ। गत वर्षको असार मसान्तमा यस उपसूचक ५७९७.४७ को विन्दुमा थियो। यो वर्षको असार मसान्तमा ५५५९.६५ को विन्दुमा कायम भएको छ।

जीवन बीमा समूह गत वर्षको तुलनामा १०.२० प्रतिशतले घटेको छ। गत वर्षको असार मसान्तमा ११९९१.१५ को विन्दुमा रहेको यस समूह यस वर्षको असार मसान्तमा १०६७७.६० को विन्दुमा कायम भएको छ।

यो १ वर्षको अवधिमा लगानीकर्ताको सम्पती ४ खर्ब ७१ अर्ब १५ करोडले वृद्धि भएको छ। गत वर्ष नेप्सेको बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड रहेकोमा यस वर्ष बढेर ३५ खर्ब ५३ अर्ब ६७ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS