IME Life New

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेस, विष्णु पौडेल अर्थमन्त्री बन्ने लगभग पक्का, शेयर बजार के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करिब ३ वर्षदेखि साइडवेजमा चलिरहेको बजार अब भने लयमा फर्किने आँकलन जानकारहरुले गर्न थालेका छन्। नीतिगत व्यवस्था र राजनीतिक अस्थिरताका कारण लामो समयदेखि साइडवेजमा चलेको बजार अब नेकपा एमाले र नेपाल कांग्रेसबीचको नयाँ समीकरणपछि बन्ने सरकारले लगानीकर्ता उत्साहित भएका छन्। सोही कारण पनि अब बजारले लय समात्नेमा लगानीकर्ताहरु आशावादी छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेर ढलेको छ। प्रधानमन्त्री दाहालले आज विश्वासको मत पनि पाएनन्। उता ठूलो दुई दल कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी गरेको छ।

Esewa
Crest

दाहालले विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यो उपधाराबमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुपर्ने हुन्छ। सोहीबमोजिम कांग्रेस र एमालले आज साँझ राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा ओलीको नाम दाबी गरेका हुन्।

अब आइतबारसम्म नयाँ सरकार गठन हुनेछ। सरकारको नेतृत्व ओली गर्नेछन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरणसँग नयाँ सरकारको गठनको सम्झौता भएको थियो। सम्झौताबमोजिम १०।१० वटा मन्त्रालय दुवै दलबीच बाँडफाँटसमेत भइसकेको छ। जसमा अर्थमन्त्री एमालेले पाउने सहमति भएको छ।

उता एमालेले नयाँ सरकारमा मन्त्री बन्न केही मापदण्ड तय गरेको थियो। सोही मापदण्डबमोजिम सांसद विष्णु पौडेलबाहेक अन्य कोही पनि एमालेबाट अर्थमन्त्री बन्ने सम्भावना देखिँदैन। त्यसैले ओली नेतृत्वको सरकारको अबको अर्थमन्त्री विष्णु पौडेलले नै बन्ने लगभग निश्चित रहेको देखिन्छ।

विष्णु पौडेल अर्थमन्त्री बन्दा नेपालको शेयर बजार जहिले पनि सकारात्मक नै बनेको देखिन्छ। यसपालि पनि पौडेल अर्थमन्त्री बने शेयर बजारले लय समात्ने र यो सरकार टिकिरहे बजारले यसअघिको अल टाइम हाईको रेकर्ड ब्रेक गर्नेमा लगानीकर्ता आशावादी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

7%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS