Connect IPS
IME Life

एक लाख रूपैयाँको हेम सरिता अन्तर्राष्ट्रिय पुरस्कार भ्रष्टाचारविरूद्धको गीतलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकाको टेक्सासमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१  “जनतालाई रुवायो” शिर्षकको गीतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

फाउण्डेशनले यसपटक पुरस्कारका लागि “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” को घोषणा गरेको थियो ।

Prabhu
Crest

वरिष्ठ सङ्गीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिसमा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं सङ्गीतकार शिशिर योगीको सङ्गीत तथा स्वर रहेको “जनतालाई रुवायो” गीत छनौट गरिएको फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिएका छन् ।

वि. स. २००६ असोज १५ गते दोलखाको सुष्पा क्षमावतीमा जन्मिएका गीत सर्जक थपलियाको भ्रष्टाचारका ४ र देशभक्तिका ७ गीत यसअघि नै रेकर्ड भइसकेका छन् । साथै मुक्तक, कविता, गीत, कथा र निबन्धका ५ कृति प्रकाशित रहेका छन् ।

स्वतन्त्र सेनानी थपलियाले यसअघि प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार र भीष्म पितामहको सम्मान लगायत सर्वोत्कृष्ट गीतकारको लागि हिमालयन इन्टरनेसनल अवार्ड समेत पाइ सकेका छन् ।

यसैगरी वि. स. २०२७ फागुन २६ गते दाङको देउखुरी, लमही ६ मा जन्मिनु भएका सङ्गीतकार योगीको पहिचान, सुस्केरा, जम्काभेट, आकर्षण, मोडमोडमा लगायत गीति एल्बमसहित ५०० गीतहरु रेकर्डिङ भइसकेको छ । यी एक दर्जनबढी भ्रष्टाचार विरुद्धका गीतहरु रहेका छन्  । उनी छिन्नलता गीत पुरस्कार, नारायण गोपाल युवा सङ्गीत पुरस्कार, रमेश विकल सम्मान लगायतबाट सम्मानित भइ सकेका छन् ।

प्रतिष्ठानले दुई लाख रूपैयाँको “टंकप्रसाद रमा देवी पाठक पत्रकारिता पुरस्कार” पनि प्रदान गर्दै आएको छ । यस्तै प्रतिष्ठानले नेपालमा स्कूल संचालन, विपन्न वर्गको लागि आवास निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS