Connect IPS
IME Life

बैंकमा पैसा थुप्रिएको थुप्रियै, सीडी रेसियो ७८%को लाइनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम जारी नै रहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार २१ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ६३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६३ खर्ब ८७ अर्ब रुपैयाँ थियो।

Prabhu
Crest

असार २१ मा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल ५६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ थियो।

निक्षेप थपिने क्रमले तीव्रता पाइरहँदा कर्जा प्रवाह भने सुस्त नै देखिएको छ। असार २१ मा बैंक तथा वित्तीय संस्थामा १ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। योसँगै कुल कर्जा लगानी ५१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ५२ अर्ब रुपैयाँ थियो।

निक्षेप बढ्दै जाँदा बैंकहरुको औसत सीडी रेसियो ७८ प्रतिशतको लाइनमा झरेको छ। असार २१ मा बैंकहरुको औसत सीडी रेसियो ७८.४८ प्रतिशतमा झरेको छ। अघिल्लो औसत सीडी रेसियो ७८.५९ प्रतिशत थियो।

असार २१ मा अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा उक्लिएको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS