IME Life New

भारतमा बाली बीमाः किसानले प्रिमियमको २% मात्रै रकम तिरे पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतलाई कृषि प्रधान देश भनिन्छ। यहाँको जनसंख्याको ठूलो हिस्सा अझै पनि खेतीपातीमा निर्भर छ। तर, किसानले बाली काट्न निकै अनिश्चितताको सामना गर्नुपरेको छ। यस अनिश्चितताबाट किसानलाई बचाउन सरकारले पीएम बाली बीमा योजना सुरु गरेको छ।

सबैभन्दा राम्रो कुरा के हो भने यस बीमा योजनामा किसानले कुल प्रिमियमको २ प्रतिशतमात्रै शुल्क तिर्नुपर्ने हुन्छ। यसमा सरकारले ९८.५ प्रतिशतसम्म प्रिमियम तिर्छ। यस वर्षबाट भारतमा प्रधानमन्त्री बाली बीमा योजना सुरु भएको छ।

Esewa
Crest

भारतको केन्द्रीय कृषि मन्त्रालयले यस वर्षको खरिफ बाली बीमा योजना सुरु गरेको छ। भर्खरै कृषि मन्त्रालयले बाली बीमा सप्ताह सुरु भएको जानकारी दिएको छ। यसमा किसानलाई यो बीमा योजनामा सामेल भई आफ्नो आय सुरक्षित गर्न अनुरोध गरिएको छ। यो योजनामा सामेल भएर किसानको बालीलाई प्राकृतिक प्रकोपबाट जोगाउन सकिन्छ।

यस योजनाअन्तर्गत खडेरी, बाढी, असिना, हावाहुरी, पहिरो, चक्रवात, जलमग्न, चट्याङबाट हुने आगलागी र अन्य गैररोकथाम जोखिमबाट हुने क्षतिमा सुरक्षा प्रदान गरिन्छ। कृषकले बाली नष्ट भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछ।

यस योजनाअन्तर्गत बाली बीमा गर्ने किसानले सबै खरिफ बालीका लागि २ प्रतिशत र रवि बालीका लागि १.५ प्रतिशतमात्रै प्रिमियम तिर्नुपर्नेछ। वार्षिक व्यावसायिक र बागवानी बालीको हकमा प्रिमियम ५प्रतिशतमात्र हुनेछ। बाँकी प्रिमियम सरकारले तिर्छ। यस योजनामा सरकारी अनुदानमा कुनै माथिल्लो सीमा छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS