IME Life New

शेयर बजारमा हुने चलखेल रोक्न कठोर बन्यो सेबी, ब्रोकरलाई दियो यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा हुने चलखेल रोक्न मार्केट रेगुलेटर सेबी कठोर बनेको छ। सेबी बजारमा हुने चलखेल पत्ता लगाउन र त्यस रोक्न शेयर ब्रोकरहरुलाई नयाँ प्रविधिक बनाउन निर्देशन पनि दिएको छ।

सेबीले शेयर ब्रोकरहरुको नाममा एउटा परिपत्र जारी गर्दै चलखेलमा निगरानी गर्न र रोक्न ब्रोकर स्वयं नयाँ प्रविधि विकास गर्नुपर्ने निर्देशन दिएको हो। सेबीले संस्थागत व्यवस्थाअन्तर्गत ब्रोकरिङ फर्मका साथै उच्च व्यवस्थापनलाई बजारमा हुने चलखेल रोक्न आफैँ जबाफदेही बन्न यो कदम चालेको हो। कारोबार गलत तथ्यांक पेस गर्ने, मूल्यमा हेराफेरी गर्ने, संवेदशील सूचनाको चुहावट, गैरकानुनी कारोबारजस्ता बजार प्रतिकूल घटना रोक्न आवश्यक रहेको सेबीले जनाएको छ।

Esewa
Crest

सेबीले त्यस्ता संदिग्ध गतिविधि पत्ता लगाई ४८ घन्टाभित्र त्यसबारे स्टक एक्सचेन्जहरुलाई जानकारी दिन पनि ब्रोकरलाई निर्देशन दिएको छ। यसका साथै हरेक ६ महिनामा त्यस्ता गतिविधिका प्रतिवेदन तयार गरी स्टक एक्सचेन्जलाई बुझाउन पनि सेबीले निर्देशन दिएको छ।

यसैगरी ब्रोकरका कर्मचारी र अन्य हितधारकका लागि संदिग्ध धोकाधडी, अनुचित या अनैतिक गतिविधिका बारे जानकारी गराउन एउटा गोपनीय ‘ह्विसलब्लोअर पोलिसी’ बनाएर लागू गर्न सेबीले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS