IME Life New

अमेजनको २.५० करोड कित्ता शेयर बेच्दै जेफ बेजोस, ५ अर्ब डलर उठाउने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनको ५ अर्ब डलरबराबरको शेयर बिक्री गरिने भएको छ।

कम्पनीका संस्थापक जेफ बेजोसले अमेजनको ५ अर्ब डलरबराबरको शेयर बेच्ने घोषणा गरेका हुन्। कम्पनीले शेयरभाउले कीर्तिमान उचाइ पुगेकै बेला बेजोसले बुधबार अमेजनको २ करोड ५० लाख कित्ता शेयर बेच्ने घोषणा गरेका छन्।

Esewa
Crest

बेजोसले गत फेब्रुअरीमा पनि अमजेजनको ८ अर्ब ५० करोड डलरबराबरको शेयर बेचिने जानकारी गराएका थिए। तर, अहिले उनले बिक्रीका लागि शेयर आकार केही घटाएका छन्।

बेजोस २०२१ पछि पहिलोपटक अमेजनको शेयर बेच्ने तयारी गरेका हुन्। यो वर्षमात्रै कम्पनीको शेयरभाउ ३० प्रतिशतले बढिसकेको छ। एआईको प्रयोगले कम्पनीको व्यापारमा उछाल आउने संकेतसँगै शेयरभाउ पनि बढेको हो।

गत महिना अमेजनको बजार पुँजीकरण पहिलोपटक २ ट्रिलियन माथि पुगेको थियो। यद्यपि, अमेजन एनभिडिया, एप्पल र माइक्रोसफ्टभन्दा पछाडि नै रहेको छ। यी ३ कम्पनीको बजार पुँजी ३ ट्रिलियन डलर माथि रहेको छ।

बेजोसले सन् १९९४ मा अमेजन स्थापना गरेका थिए। अहिले यो कम्पनीले विश्वभर ई–कमर्स व्यापार गर्छ।

हाल बेजोस विश्वकै दोस्रा ठूला धनीव्यक्ति हुन्। उनको कुल सम्पत्ति २१४ अर्ब डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS