IME Life New

जापानमा पहिलोपटक नेपाली कागजबाट बनेको बैंक नोट प्रचलनमा, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानले पहिलोपटक नेपाली कागजबाट बनेको बैंक नोट प्रचलनमा ल्याएको छ। छपाइ कार्य सकेर बुधबारदेखि जापानका एटीएमहरुमा नेपाली कागजबाट तयार गरिएको बैंक नोट जम्मा गर्न थालिएको हो।

जापानमा अझै पनि डिजिटल कारोबारभन्दा नगद कारोबार नै बढी हुने गरेको छ। चीनजस्ता एसियाली मुलुकहरुमा लगभग नगदरहित बढावा पाइरहेको बेला जापान भने यसमा निकै पछाडि रहेको छ।

Esewa
Crest

जापानमा २० वर्षमा पहिलोपटक नयाँ नोट जारी गरिएको हो। जारी नयाँ बैंक नोट विशेष प्रविधियुक्त १० हजार येन, ५ हजार येन र १ हजार येनका छन्। नक्कलीको बढ्दो घटनालाई रोक्न जापानमा यी थ्रीडी होलोग्राम बैंक नोट जारी गरिएको हो।

कार्यक्रममा जापानका प्रधानमन्त्री फुमियो किशिदाले १० हजार येन, ५ हजार येन र १ हजार येनको नयाँ बैंक नोटको अत्याधुनिक सुविधाको प्रशंसा गर्दै यसलाई ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन्। उनले जापानका नयाँ बैंक नोटलाई देशका जनताले मन पराउने र यसले जापानी अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बैंक अफ जापानका गभर्नर काजुओ उएडाले विश्व डिजिटल कारोबार वा नगदरहित कारोबारतर्फ अघि बढिरहेको भए पनि जहाँसुकै र जुनसुकै समयमा सुरक्षित भुक्तानीका लागि नगदको महत्व रहेको बताए।

नयाँ बैंक नोटको विमोचन कार्यक्रममा जापान सरकारलाई नेपाली कागज उत्पादन गरेर उपलब्ध गराउने कम्पनी तादासी मास्तुबाराका अध्यक्ष कानपाउले भने, ‘मलाई लाग्छ जापानको अर्थतन्त्रमा नेपालको ठूलो योगदान रहेको छ। किनकि जापानको अर्थतन्त्रमा नगद आधारभूत रुपमा रहेको छ।’

नयाँ बैंक नोट चलनमा आएपछि पनि पहिलेदेखि चलिरहेको मुद्रा वैध रहने बताइएको छ। यी नयाँ नोटमा प्रिन्ट गरिएको ढाँचाको प्रयोग गरी हेर्ने कोणका आधारमा विभिन्न दिशामा फर्किएका छविको होलोग्राम सिर्जना गरिएको छ। यससँगै यसमा एउटा प्रविधि प्रयोग गरिएको छ, जसलाई जापानको नेसनल प्रिन्टिङ ब्युरोले कागजी मुद्राका लागि विश्वकै पहिलो प्रविधि भनेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS