काठमाडौं । दिनभर घटेको शेयर बजार अन्तिम समय झिनो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को विन्दुमा बन्द भएको छ।
सामान्य अंकले बढेको बजारमा आज १०१ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १३६ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार मञ्जुश्री फाइनान्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- मञ्जुश्री फाइनान्सः २३ करोड १ लाख रुपैयाँ
- आईसीएफसी फाइनान्सः १७ करोड ४९ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः १६ करोड ५२ लाख रुपैयाँ
- जानकी फाइनान्सः १२ करोड ३८ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ११ करोड ८५ लाख रुपैयाँ
- साल्ट ट्रेडिङः ११ करोड ४६ लाख रुपैयाँ
- गुडविल फाइनान्सः १० करोड ६१ लाख रुपैयाँ
- गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सः ९ करोड ९९ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः ९ करोड ६० लाख रुपैयाँ