IME Life New

बैंकहरुमा रु. ८ अर्ब थपिँदा रु. ३ अर्ब बाहिरियो, सीडी र अन्तरबैंक ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८ अर्ब रुपैयाँले बढेर ६३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब २७ अब रुपैयाँ थियो।

Esewa
Crest

असार १६ गते वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ८ अर्ब रुपैयाँले बढेर ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ५ अर्ब रुपैयाँ थियो।

असार १६ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४६ अर्ब रुपैयाँ थियो। यो १ दिनमा वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ।

असार १६ मा बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.१८ प्रतिशत र अन्तबैंक ब्याजदर बढेर ३ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ७९.२२ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS