IME Life New

बैंकले तेस्रो पक्षमार्फत प्रवाह गर्ने सेवाको शुल्कमा कस्तो छ प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केही सेवा अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ। त्यसका लागि ग्राहकबाट लिन सकिने शुल्कबारे नेपाल राष्ट्र बैंकले प्रावधान तोकिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। उदाहरणका लागि कर्जा सूचना, कालोसूचीसम्बन्धी सेवा, धितो मूल्यांकन, बीमा, इलेक्ट्रोनिक चेक क्लियरिङजस्ता सेवामा बैंकहरुले राष्ट्र बैंकले तोकेको प्रावधानमा रहेर ग्राहकबाट शुल्क लिन पाउँछन्।

Esewa
Crest

त्यस्ता सेवा बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षमार्फत उपलब्ध गराउँदा सो सेवाबापत त्यस्ता संस्था वा निकायलाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी हुने गरी आफ्ना ग्राहकबाट सेवा शुल्क असुल गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

तर, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ कारोबारमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ। वित्तीय सेवाका शुल्कबारे जानकार भई वित्तीय कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS