IME Life New

सहबीमा र आंशिक दाबी भुक्तानीमा बीमा प्राधिकरणले ल्यायो यस्ता व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकको सहबीमा र आंशिक दाबी भुक्तानी प्रक्रिया नयाँ व्यवस्था ल्याएको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै सहबीमा र आंशिक दाबी भुक्तानीमा नयाँ व्यवस्था ल्याएको हो।

मार्गदर्शनअनुसार सहबीमा गरिएको भएमा सहबीमकहरुका तर्फबाट अगुवा बीमकमार्फत दाबीको प्रक्रिया सुरु गर्नुपर्नेछ। दाबी प्रक्रिया सुरु भएकोबारे अगुवा बीमकले सहबीमकहरुलाई जानकारी दिनुपर्नेछ।

Esewa
Crest

अगुवा बीमकबाट दाबी फर्छ्यौट सम्बन्धमा गरिने कार्यमा सहभागी सबै बीमकले आवश्यक सहयोग गर्नुपर्ने र यसरी भएको दाबी फर्छ्यौट कार्य सहभागी सबै बीमकलाई मान्य हुने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

उता बीमलेखमा समाविष्ट जोखिमबाट हानी–नोक्सानी भई दायित्व स्थापित भएमा क्षतिको अन्तिम मूल्यांकन नहुँदै आंशिक रुपमा भुक्तानी प्रदान गर्न सकिने व्यवस्था मार्गदर्शनमा गरिएको छ। त्यस्तै, न्यूनतम दायित्व बीमालेखअन्तर्गतको दाबीबाट सिर्जना हुन्छ भन्ने यकिन भएमा पनि क्षतिको अन्तिम मूल्यांकन नहुँदा आंशिक भुक्तानी प्रदान गर्न सक्ने सहजता बीमकहरुलाई प्रदान गरिएको छ।

तर, आंशिक दाबी भुक्तानी गर्दा बीमालेखमा उल्लेख भएकोमा सोहीबमोजिम र सोबाहेक अन्यको हकमा अनुमानित दायित्वको बढीमा ५० प्रतिशतसम्म भुक्तानी गर्न मिल्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS