IME Life New

बीमकले रु. २ लाखसम्मलाई सानो दाबी मान्नुपर्ने, फर्छ्यौट पनि यथाशीघ्र गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब जीवन र निर्जीवन दुवै खाले बीमकले २ लाख रुपैयाँसम्मको दाबीलाई सानो दाबी मान्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै बीमकहरुलाई रु. २ लाखसम्मको दाबीलाई सानो दाबी मान्न निर्देशन दिएको हो। मार्गदर्शनमा भएको व्यवस्थाबमोजिम अब बीमकहरुले २ लाख रुपैयाँसम्मको दाबीलाई सानो दाबी मानी यथाशीघ्र फर्छ्यौट पनि यथाशीघ्र गर्नुपर्नेछ।

बाली, पशुपन्छी, कृषि तथा लघु बीमातर्फ ५० हजार रुपैयाँसम्मको दाबीलाई सानो दाबी मानी यथाशीघ्र फर्छ्यौट गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ।

Esewa
Crest

उक्त रकसम्मको दाबी भुक्तानीका लागि न्यूनतम प्रमाणपत्र प्राप्त भएको मितिले १५ दिनभित्र फर्छ्यौट गरिसक्नुपर्ने र बीमकले प्रमाणहरु संकलन गर्न वा बीमितलाई सम्पर्क गर्न गरेको पत्राचारको प्रमाण अभिलेख गरी राख्नुपर्ने मार्गदर्शनमा व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS