IME Life New

अपडेटः आजै नेपाल आइपुग्दै फ्रान्सबाट उडेको बुद्ध एयरको नयाँ एटिआर विमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओमानको राजधानी मस्काट विमानस्थलबाट उडान भरेको बुद्ध एयरको नयाँ एटिआर ७२-५०० मोडलको विमान शुक्रबार राति नै काठमाडौं आइपुग्ने भएको छ । २४ जुनमा फ्रान्सको टोलाउज विमानस्थलबाट उडेको नाइन एन एएनजे संकेत नम्बरको ७२ सिटे विमान भारतको गुजरातको आकाशबाट प्रवेश गरेर बिहारबाट सिमरा हुँदै काठमाडौं आउन थालेको हो ।

यो फ्लाइट राडार २४ ले दिएको विवरण अनुसार शुक्रबार राति ८ः२९ बजे यो विमान सिमरा नजिक आइपुगेको छ।

Esewa
Crest

फ्रान्सको टोलाउज विमानस्थलबाट २४ जुनमा उडान भरेको यो विमान त्यहाँबाट पहिले माल्टाको विमानस्थलमा अवतरण गरेको थियो । माल्टामा विश्रामका क्रममा इन्धन भरेपछि यो विमान पुनः त्यहाँबाट उडान भरेर ओमानको मस्काटबाट भारततर्फ प्रस्थान गरेको हो । यो विमान शनिबार बिहानसम्ममा काठमाडौंमा अवतरण गर्ने अनुमान गरिएको भएपनि छिटै यात्रा तय गरेको हो ।

बुद्ध एयरले स्पेनी वायू सेवा कम्पनी बिन्टर एयरलाइन्ससँग यो विमान खरिद गरेको हो । बिन्टर एयरलाइन्सले १४.४ वर्ष पुरानो विमान १५ अक्टुबर २०२३ देखि उडान भर्न गरेर थन्काएको थियो । व्यवसायीक उडान बन्द भएपछि झण्डै आठ महिना थन्काइएको यो जहाज बुद्ध एयरले खरिद गरेको हो । बिन्टर एयरलाइन्सले एटिआर ७२-६०० मोडलको विमानमार्फत् उडान भर्ने योजनासहित एटिआर ७२-५०० टर्बोप्रोप मोडलका सबै विमानबाट उडान बन्द गरेको छ । यो कम्पनीसँग हाल एटिआर ७२-६०० मोडलको २८ वटा र १० वटा इमब्रायर १९५ इटु विमान रहेको छ ।

नेपालमा हवाई सेवाका लागि स्वदेशी वायू सेवा कम्पनीले १५ वर्षभन्दा पुराना जहाज भित्र्याउन नपाउने भएकाले बुद्ध एयरले उमेर हद पुग्न ८ महिना मात्र बाँकी रहेको पुरानो जहाज भित्र्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS