IME Life New

एनआईसी एसियाका ३ वटै म्युचुअल फन्डको बढ्यो न्याभ, कमाइ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको जेठ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, ग्रोथ फन्ड र सेलेक्ट–३० (इन्डेक्स फन्ड)को जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको हो। जेठमा तीनवटै योजनाको न्याभ बढेको छ।

Esewa
Crest

गत वैशाखमा ब्यालेन्स्ड फन्डको १०.३५ रुपैयाँ न्याभ रहेकोमा जेठमा बढेर १०.६१ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर जेठमा ७० करोड ९६ लाख रुपैयाँ पुगेको छ। वैशाखमा कुल लगानी ७० करोड ७९ लाख रुपैयाँ थियो। गत वैशाखमा २ करोड ९ लाख रुपैयाँ नाफा कमाएको यो योजनाले जेठमा पनि ४ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत वैशाखमा ग्रोथ फन्डको १०.६९ रुपैयाँ न्याभ रहेकोमा जेठमा बढेर ११ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने घटेर जेठमा ७५ करोड ८१ लाख रुपैयाँमा झरेको छ। वैशाखमा कुल लगानी ७६ करोड ४८ लाख रुपैयाँ थियो। गत वैशाखमा ५ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले जेठमा पनि ७ करोड ८९ लाख रुपैयाँ कमाउन सफल भएको छ।

गत वैशाखमा सेलेक्ट–३० को १०.८५ रुपैयाँ न्याभ रहेकोमा जेठमा बढेर १०.९९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर जेठमा १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ। वैशाखमा कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो। गत वैशाखमा १ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको यो योजनाले जेठमा भने ११ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS