काठमाडौं । प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबी सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारीहरुलाई लक्षित गर्दे ललितपुरको हरिसिद्धिस्थित उक्त हस्पिटलसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको हो ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट बाग्मती प्रदेश ३ का प्रमुख राजु के।सी।र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।
उक्त अवसरमा अस्पतालमा कार्यरत स्तन सम्बन्धि क्यान्सरका डा प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा।अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए । कम्पनी हालैमात्र “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ । बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।