IME Life New

कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपभोग करिब ४१%, सबैभन्दा बढी चप्पल उद्योगको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा उद्योगहरुको औसत क्षमता उपभोग करिब ४१ प्रतिशत देखिएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१को अर्धवार्षिक प्रतिवेदनबाट यस्तो देखिएको छ। आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक बर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४०.९ प्रतिशत रहेको थियो।

Esewa
Crest

यसैगरी उत्पादित वस्तुअनुसार समीक्षा वर्षमा चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ७८.८ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.९ प्रतिशत रहेको छ। समीक्षा अवधिमा चप्पलको उत्पादन सबैभन्दा बढी ४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी २२.७ प्रतिशतले घटेको छ।

यस अध्ययनमा समेटिएका ठूला ४३ उद्योगहरुमा आर्थिक वर्ष २०७९।८० कोपहिलो ६ महिनाको अवधिमा कुल १७ हजार ५५८ जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०८०।८१ को पहिलो ६ महिनाको अवधिमा ०.९ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएर जम्मा १७ हजार ७२० जना कार्यरत छन्।

समीक्षा अवधिमा कोशी प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ९२.४ प्रतिशत स्वदेशी र ७.६ प्रतिशत विदेशी कामदारहरुले रोजगारी प्राप्त गरेका छन्। २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर रु.१ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS