IME Life New

भेदभावको पराकाष्टाः काला यात्रुलाई विमानबाट उतारेपछि अमेरिकन एयरलाइन्सका कर्मचारीमाथि कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालावर्णका यात्रुहरुलाई विमानबाट उतारेपछि अमेरिकन एयरलाइन्स कम्पनीले आफ्ना कर्मचारीहरुमाथि कारबाही गरेको छ।

अमेरिकन एयरलाइन्स कम्पनीमा कार्यरत कर्मचारीले कालावर्णका यात्रुलाई भेदभावपूर्ण तरिकाले विमानबाट उतारेको वा चढ्न नदिएको थुप्रै घटना अहिले सार्वजनिक भइरहेका छन्। यसरी यात्रुमाथि भेदभाव गर्ने कर्मचारीहरुलाई अहिले कम्पनीले धमाधम कारबाही गर्न थालेको हो।

Esewa
Crest

गत जनवरी ५ एउटा यस्तै घटना भएको थियो। त्यतिबेला ३ जना कालावर्णका यात्रुलाई अमेरिकन एयरलाइन्सका कर्मचारीले विमानबाट उतारेका थिए। यो घटनाविरुद्ध ती यात्रुले अदालतमा मुद्दा दायर गरेका थिए। जहाँ उनीहरुले आफूहरुमाथि अपमानजनक ढंगले भेदभाव भएको भन्दै एयरलाइन्स कम्पनीमाथि कारबाही गर्न माग गरेका थिए।

त्यसपछि कम्पनीले त्यस्ता घटनामा संलग्न केही कर्मचारीलाई कारबाही गर्दै बिदा बस्न र केहीलाई जागिरबाटै हटाएको छ। अमेरिकन एयरलाइन्स कम्पनीका सीईओ रोबर्ट आइसोमले त्यस्ता घटना अस्वीकार्य रहेको बताए। ‘ती घटनाले कम्पनीको शीर निहुराएको छ’, उनले भने, ‘हामीले ती घटनाहरुको अनुसन्धान गरिरहेका छौँ। दोषी पाइएका कर्मचारीलाई सेवाबाट हटाएका छौँ।’

कम्पनीले त्यस्ता भेदभावपूर्ण घटनाबाट पीडित बनेका यात्रुलाई क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्। ‘हालसम्म ८ जना यात्रुलाई कालावर्ण भएकै कारण विमान चढ्नबाट रोकिएको हाम्रो अनुसन्धानबाट खुलेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता घटना एकदमै निन्दनीय छन्।’ –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS